गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई दीप संञ्चार फागुन २१, २०७९ गते १६:५९ मा प्रकाशित काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनमाथि आक्रमण भएको बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी युद्धकालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि नै आक्रमण गरिएको बताएका हुन् । माओवादी युद्धकालमा मारिएका १७ हजार जनामध्ये ५ हजारको नैतिक जिम्मेवारी लिने केही वर्षअघि प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई आधारमा मानेर सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता हुन लागेपछि डा. भट्टराईको सो अभिव्यक्ति आएको हो । सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई न्यायाधीशद्व ईश्वर खतिवडा र न्यायाधीश हरि फुयालको संयुक्त इजलासबाट बदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा आदेश भएको छ ।सोही विषयलाई लिएर माओवादी केन्द्रले विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै न्यायिक पुनरावलोकनको सामान्य सिदान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको ठहर गरेको छ । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताइसकेका छन् । सोही कार्यक्रममा उनले पूर्व माओवादी एकजुट भएर प्रतिक्रियावादीलाई निस्तेज बनाउनुपर्ने बताइरहँदा डा। भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा चलाएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए । माओवादी सशस्त्र युद्धलाई अपराधीकरण गरिने वा नेताहरुमाथि मुद्दा लगाउन थालियो भने कार्यगत एकता गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #बाबुराम भट्टराई तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट