गृहपृष्ठ ∕ राजनीति ∕ लमजुङ कांग्रेसले गर्यो प्रदेशसभामा उम्मेदवार सिफारिस लमजुङ कांग्रेसले गर्यो प्रदेशसभामा उम्मेदवार सिफारिस दीप संञ्चार भदौ १७, २०७९ गते १४:४४ मा प्रकाशित नेपाली कांग्रेस लमजुङले प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा ‘क’ र ‘ख’ का लागि उम्मेदवार सिफारिस गरेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ प्रदेश ‘क’का लागि ४ जना र प्रदेश ‘ख’का लागि ७ जनाको नाम सिफारिस गरेको छ ।प्रदेश सभा ‘क’का लागि पूर्व सभापति शंकरकान्त जोशीसहित नेताहरु डिकेन्द्रराज कंडेल, रामकृष्ण कंडेल र सुवाश पौडेल छन् ।यस्तै प्रदेश सभा ‘ख’का लागि निवर्तनमान जिल्ला सभापति भेषबहादुर पौडेल, वर्तमान उपसभापति आनन्द घिमिरे, जिल्ला सभापतिका प्रत्यासि एवं जिल्ला सदस्य गमप्रसाद गुरुङ, महाधिवेशन प्रतिनिधि एवं तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ, नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, नेताहरु डा। लक्ष्मीकान्त पौडेल र नवराज न्यौपाने उम्मेदवार सिफारिस भएका छन् ।कांग्रेस स्रोतका अनुसार प्रदेश सभा ‘क’ मा पूर्व सभापति शंकरकान्त जोशी र प्रदेश सभा ‘ख’मा निवर्तमान सभापति भेषबहादुर पौडेलले टिकट पाउने प्रवल सम्भावना छ ।जोशी जिल्ला विकास समिति लमजुङका पूर्व सभापति हुन् भने पौडेल २०७४ को स्थानीय चुनावमा बेसीसहर नगरपालिकाको मेयरमा पराजित भएका थिए । कांग्रेस लमजुङले प्रतिनिधि सभातर्फ भने उम्मेदवार सिफारिस गरेको छैन् ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल