गृहपृष्ठ ∕ राजनीति ∕ गगन थापाको क्षेत्रमा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गगन थापाको क्षेत्रमा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा दीप संञ्चार असार ७, २०७९ गते १०:४० मा प्रकाशित काठमाडौँ -आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर- ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।मंगलबार बिहान कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने घोषणा गरेका हुन् । योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनले विश्वास व्यक्त गरेका छन्।आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको पनि उनले बताए । जसअन्तर्गत पहिलो चरणमा घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने, दोस्रोमा ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर समाधानका उपाय खोज्ने र तेस्रो चरणमा मत माग्न घरघरमा जाने उनको भनाई छ । ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन’ भन्ने नारालाई अघि सारेका छन् ।यो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर बढेको छ। क्याटेगोरी : राजनीतिट्याग : #उम्मेदवारी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल