गृहपृष्ठ ∕ राजनीति ∕ एमाले सचिवालय बैठक आज, घनश्याम भुसालमाथि कारबाही होला ? एमाले सचिवालय बैठक आज, घनश्याम भुसालमाथि कारबाही होला ? दीप संञ्चार जेठ ३०, २०७९ गते ९:५२ मा प्रकाशित काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो ।केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो ।उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ । केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको हो ।एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने भएको छ ।साथै, आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकमा अनुशासन आयोगले पार्टी नेतृत्वसमक्ष नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ ।भुसालबाट अनुशासन उल्लंघन भएको भन्दै अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीसमक्ष कारबाहीका लागि सिफारिस गरेका छन् ।भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेभित्रै पनि केही नेताहरूले उक्त सिफारिसको आलोचना गरिरहेका छन् । पार्टी एकता प्रक्रियामा रहेका ११ जना नेताहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान र कारबाहीका नगर्न अध्यक्ष ओलीलाई दबाब दिँदै आएका छन् । सो विषयमा पनि सोमबार सचिवालय बैठक छलफल हुनसक्ने बताइएको छ ।जनतापाटीक्याटेगोरी : राजनीतिट्याग : #breaking, #सचिवालय बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट