गृहपृष्ठ ∕ राजनीति ∕ तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर दीप संञ्चार जेठ ११, २०७९ गते ९:०३ मा प्रकाशित दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी हुँदा खड्का तीन हजार ३६६ मतले अघि छन् ।खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको थियो । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि रहेकाले विजयी भएकी छन् ।उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेकी छन् ।उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो । तुलसीपुरमा सत्ता गठबन्धन रहेपनि एमाले एक्लैले विजय हासिल गरेको हो । क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट