गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! दीप संञ्चार जेठ ९, २०७९ गते १५:३० मा प्रकाशित काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गरेका छन् ।स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तोकिए बमोजिम तयार गरी प्रकाशन गर्न पर्न र दफा २६ मा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भएका उम्मेदवार र दलले निर्वाचन चिन्ह पाउने कानुनी व्यवस्थाको आलोकमा दफा ५१९१०९ङ० लाई हेरिन र व्याख्या गरिनु पर्ने उनको जिकिर छ । यसरी उम्मेदवारी परी, अन्तिम भइ, निर्वाचन चिन्ह प्राप्त गरेका उम्मेदवारलाई नै मतदाताले मतदान गर्ने भन्दै उनले मतपत्रमा उम्मेदवार नै नभएका खाली कोठामा निर्वाचन चिन्ह राखिनु दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय विपरीत हुने श्रेष्ठको जिकिर छ ।उम्मेदवार नै नभएका उपमेयरको रूख चिन्हमा मत सङ्केत हुँदा आफू उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेकोप्रति उनको असन्तुष्टि छ । यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको उनको जिकिर छ । ‘तसर्थ स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुने गरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ’, उनको निवेदनमा भनिएको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #रामेश्वर श्रेष्ठ, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै