गृहपृष्ठ ∕ राजनीति ∕ स्थानीय तह निर्वाचन : एक लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता स्थानीय तह निर्वाचन : एक लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता दीप संञ्चार वैशाख १५, २०७९ गते १९:५३ मा प्रकाशित काठमाडौं – स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजारभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।जसमा नगर प्रमुखमा तीन हजार ५१०, गाउँपालिका अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १६८, गाउँपालिका उपाध्यक्षमा दुई हजार ४०१ जनाको मनोनयन दर्ता गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।वडाअध्यक्षका लागि ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यहरूका लागि २६ हजार ५३२ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यहरूमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।आयोगले उम्मेदवारी रूजु गर्ने काम जारी राखेको भन्दै अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगर्दासम्म केही घट्न सक्ने बताए । कानून अनुसार मनोनयन दर्ता नभएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ ।त्यसका लागि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीको बन्द सूचीमा नाम नहटाएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ । त्यस्तै कानुनले अयोग्य भनेको उम्मेदवारको हकमा पनि आयोगले उम्मेदवारी खारेज गर्नेछ ।आयोगले शुक्रबार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि १६ वैशाखलाई उम्मेदवारको नाम फिर्ता दिने समय तय गरिएको छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ वैशाख उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट