गृहपृष्ठ ∕ राजनीति ∕ सकियो कांग्रेस कार्यसम्पादन समितिको बैठक, के-के भयो निर्णय ? सकियो कांग्रेस कार्यसम्पादन समितिको बैठक, के-के भयो निर्णय ? दीप संञ्चार चैत्र ३०, २०७८ गते २१:३१ मा प्रकाशित सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणापत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको उक्त मस्यौदामा केन्द्रीय सम्पादन समितिका सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।त्यसैगरी बैठकले बन्द सूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्य समितिलाई अनुमति पनि दिएको छ ।बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलबारे बनेको मापदण्डबारे उपसभापति पूर्णबहादुर खड्काले बिफ्रिङ गरेका थिए । यस्तै बैठकमा अर्को उपसभापति धनराज गुरुङले स्थानीय आवश्यकता भन्दा बाहिर गएर चुनावी तालमेल गर्न नहुने बताएका थिए । उनले भरतपुर महानगरपालिका काँग्रेसले कुनै हालतमा छोड्न नहुने मत राखेका थिए ।यस्तै स्थानीय तहका उम्मेदवार चयनका लागि गठबन्धनको प्रदेश संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने भएको छ । यसबारे निर्णय भने वैशाख २ गते बस्ने निर्वाचन परिचालन समितिले गर्ने जानकारी दिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #कांग्रेस बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल