गृहपृष्ठ ∕ राजनीति ∕ रसुवामा कांग्रेसको घरदैलो अभियान तीव्र रसुवामा कांग्रेसको घरदैलो अभियान तीव्र दीप संञ्चार चैत्र १९, २०७८ गते १६:२५ मा प्रकाशित रसुवा – आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेपाली कांग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा कांग्रेसले सबै पालिकामा घरदैलो अभियानलाई तीव्रता दिएको हो ।नेपाली कांग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट पार्टी प्रशिक्षण लगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटकको माहोल आफ्ना पक्षमा रहेको दाबी गरिरहेको छ ।रसुवाबाट प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य यस पटक पाँचवटै गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गर्ने बताउँछन् । समृद्ध रसुवा निर्माणका लागि आगामी निर्वाचनमा रसुवाली नागरिकले यस पटक कांग्रेस नै रोज्ने उनको धारणा छ । हाल कांग्रेसले नेतृत्व गरिरहेका गाउँपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले पनि समृद्ध रसुवाका निर्माणका लागि कांग्रेसकै नेतृत्व आवश्यक रहेको पुष्टि गरेकाले पनि आसन्न स्थानीय तह निर्वाचनमा यहाँका सबै पालिकामा कांग्रेस विजयी हुने उनले बताए ।पाँच स्थानीय तह भएको रसुवामा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले दुई, नेकपा (एमाले) ले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टीको रसुवा जिल्ला कार्यसमिति सहितको पार्टी यसअघि नै नेपाली कांग्रेसमा विलय भइसकेको छ । रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।रासस क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल