गृहपृष्ठ ∕ राजनीति ∕ धनुषामा काँग्रेस जिताउ अभियान आरम्भ धनुषामा काँग्रेस जिताउ अभियान आरम्भ दीप संञ्चार चैत्र १७, २०७८ गते २०:१३ मा प्रकाशित स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा काँग्रेसले घरघर जाँउ काँग्रेस जिताउ अभियान आरम्भ गरेको छ ।बिहीबार जनकपुरधाममा एक औपचारिक कार्यक्रमको आयोजन गर्दै आरम्भ गरेको हो । काँग्रेस धनुषाको आयोजनामा काँग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाणले अभियानको उद्घाटन गर्दै अभियान सञ्चालन भएको घोषणा गरेकी थिइन् ।नेतृ खाणले जनकपुरधाममा काँग्रेसभित्र एकता नभएकै कारण विगतमा हार बेहोर्नु परेको बताउँदै उनले भनिन्, ‘ काँग्रेस हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाव र गुटउपगुट रहेकाले त्यसलाई सुधार गर्न नेता कार्यकर्ताहरूलाई आग्रह छ ।’कार्यक्रममा अधिकांश वक्ताले महिलालाई स्थानीय तहको निर्वाचनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनीहरुले महिलालाई स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा टिकट दिएर चुप लागेर बस्नु पर्ने बाध्यताको अवस्था सृजना गरिएको भन्दै यसपालि महिलालाई स्थानीय तहको प्रमुख पदमा नेतृत्वदायी भूमिका दिनुपर्ने महिला नेतृहरुले जोडदार रुपमा आवाज उठाएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट