चितवन काँग्रेस : सभापतिका लागि ५ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ -नेपाली काँग्रेस चितवनको सभापति पदमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारबाट सुरु भएको जिल्ला अधिवेशनमा सभापति पदका लागि संस्थापन र इतर पक्षका गरी ५ जनाले उम्मेदवारी दिएका हुन् ।
काँग्रेस चितवनको सभापति पदका लागि उत्तम जोशी, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, कैलाश कोइराला, डा। सूर्यकान्त घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट एक मात्र उम्मेदवार रहेका छन् भने इतर पक्षबाट ४ जना रहेका छन् ।
संस्थापन पक्षबाट हालका बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री श्रेष्ठ उम्मेदवार रहेका छन् भने इतर पक्षबाट हालमा उपसभापति कोइराला, सचिव जोशी, खनाल र घिमिरे उम्मेदवार रहेका छन् । उनीहरु प्यानल नबनाई निर्वाचनमा होमिएका छन् यस्तै २ उपसभापति पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा शालिकराम शर्मा, शुरविर पोखरेल, उद्धव बहादुर लोहनी, मोहन बानियाँ क्षेत्रि, हेमराज भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहित जङ्ग पाँडे, निलमणि पाठक, तेज प्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मल कुमार श्रेष्ठ र राजिव न्यौपानेले उम्मेदवारी दिएका छन् ।
यस्तै २ सचिव पदमा ८ जनाले उम्मेदवारी दिएका छन् । सचिवमा दिपक अधिकारी, आनन्दराज राउत, भरत बहादुर दवाडी, शिवप्रसाद शर्मा पौडेल, निलमराज पौडेल, सूर्य ढकाल, सूर्य अर्याल र धुर्वराज पोखरेलले उम्मेदवारी दिएका छन् । २ सहसचिवका लागि १० जनाको उम्मेदवारी परेको छ । यस्तै प्रत्येक्षतर्फ २४ पद सदस्य सहित ४२ जना सदस्य पदका लागि ७० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
४९ पदका लागि १ सय ५२ जनाको उम्मेदवारी
काँग्रेस चितवनको ४९ सदस्यीय कार्यसमिति सदस्य पदका लागि १ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार भएको मनोनयन दर्ताका क्रममा ७ जना पदाधिकारीसहित ४२ जना सदस्य पदका लागि १ सय ५२ जनाले उम्मेदवारी दिएका हुन् । ७ पदाधिकारी पदका लागि ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ४२ जना सदस्यका लागि १ सय १४ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै समानुपातिकतर्फ १७ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्यक्ष महिला सदस्य पदमा माडीकी शुक्रमिया महतो, समानुपातिक तर्फको थारु खुल्ला सदस्य पदमा विश्राम महतो निर्विरोध चयन भएका छन् । यता महासमिति सदस्यहरूमा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । क्षेत्र नम्बर १ बाट महासमिति सदस्यहरूमा ११ जना निर्विरोध चयन भएका छन् । क्षेत्र नम्बर २ मा खुल्लातर्फ ५ जना सर्वसम्मत भएका छन् । क्षेत्र नम्बर ३ मा खुल्लातर्फ ५ जना, खसआर्य महिला, खसआर्य खुल्ला, आदिवासी जनजाति खुल्ला, थारु खुल्लातर्फ निर्विरोध चयन भएका छन् ।
शुक्रबार बिहान ९ बजेबाट मतदान
काँग्रेस चितवनको नयाँ नेतृत्वको लागि शुक्रबार ९ बजेदेखि मतदान सुरु हुनेछ । जिल्ला निर्वाचन अधिकृत ज्ञानेन्द्रप्रसादले अधिकारीका अनुसार बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।मतदानमा काँग्रेस चितवनका ३ निर्वाचन क्षेत्रका संघीय तथा प्रदेशसभाका सभापति, प्रतिनिधि, बुथ प्रतिनिधि र सबै वडाका वडा सभापति गरी कुल २ हजार ९ सय ४४ जनाले मतदानमा सहभागि जनाउने उनले बताए । मतदाता नामावली यसअघि नै प्रकाशन भइसकेको छ ।
मतदान सकिए लगत्तै आवश्यक प्रक्रिया पुरा गरी मतगणना गरिने उनले बताए । सुरुमा सभापतिको मत गणना हुने र सभापति पदका ५ जना उम्मेदवारहरू मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेको खण्डमा दोस्रो चरणको मतदान गरिने उनले बताए । काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेका मतको ५१ प्रतिशत मत प्राप्त हुनुपर्ने छ । सभापतिका लागि दोस्रो चरणको मतदान शनिबार नै गर्ने तयारी रहेको निर्वाचन अधिकृत खनालले बताए ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस