गृहपृष्ठ ∕ राजनीति ∕ ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ विरोध गछौँः प्रचण्ड ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ विरोध गछौँः प्रचण्ड दीप संञ्चार फागुन ८, २०७८ गते १७:५२ मा प्रकाशित काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने बताएका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए ।विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । साथै, प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गरेका छन् ।यसबारे आफ्नो आधिकारिक फेसबुकमा प्रचण्डले लेखेका छन, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’क्याटेगोरी : राजनीतिट्याग : #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट