गृहपृष्ठ ∕ राजनीति ∕ सत्ता गठबन्धनको बैठक बस्दै सत्ता गठबन्धनको बैठक बस्दै दीप संञ्चार माघ १५, २०७८ गते ९:१२ मा प्रकाशित काठमाडौँ -सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।बैठकको मुख्य एजेन्डा स्थानीय चुनावको मिति तय गर्ने रहेको छ । प्रमुख नेताहरुको फरक-फरक मत रहँदा सत्ता गठबन्धनले स्थानीय चुनावको मिति घोषणा गर्न सकेको छैन ।स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास बोलाएर भेट गरेपछि प्रधानमन्त्री देउवाले शुक्रबार गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको निर्वाचनको मिति घोषणालाई लिएर राष्ट्रपति भण्डारीले पनि चासो राखेकी थिइन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #सत्ता गठबन्धन बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट