गृहपृष्ठ ∕ राजनीति ∕ सिटौला निवास पुगे नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा सिटौला निवास पुगे नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा दीप संञ्चार पुस ४, २०७८ गते १८:३४ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आइतबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै निवास चण्डोल पुगेर भेटेका छन् । एउटैला जिल्लाका यी नेताहरुबीच आपसी सम्बन्ध न्यानो छैन ।तर, आफ्नै घरमा भेट्न आएका शर्मालाई सिटौलाले बधाइसहित आशिर्वाद दिएका छन् । सिटौलालाई आफ्ने समूहमा मिलाउने क्रममा सभापति शेरबहादुर देउवाले शर्मालाई आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउन सकेका थिएनन् । त्यसपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर जित हात पारेका थिए । सिटौलले अगाडि बढाएका देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल पराजित भएका थिए ।शर्माबारे सिटौला पीडित नेताका रुपमा कांग्रेस वृत्तमा चर्चा हुने गर्छ। ११ औँ महाधिवेशनमा झापाको जिल्ला सभापतिको उम्मेदवार बनेका शर्मा सिटौलाले उम्मेदवार बनाएका उद्धव थापासँग पराजित भएका थिए ।१२ औँ महाधिवेशन अगाडि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले नेविसंघका पूर्व अध्यक्षहरु सबैलाई केन्द्रीय सदस्य मनोनित गर्दा शार्मा छुटेका थिए । यो पटक पनि शर्मालाई रोक्न सिटौलाले प्रदीपलाई अगाडि बढाएको चर्चा चलेको थियो ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल