गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै दीप संञ्चार कात्तिक ११, २०७८ गते ७:४५ मा प्रकाशित काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ। उनीहरुबीच अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता हुने भएको हो।जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा देउवाले मोदीसँग भेट गर्न लागेका हुन्।नेपालको तर्फबाट वार्ताका लागि आग्रह गरिएको र भारतले त्यसलाई स्वीकार गरेपछि देउवा मोदीको भेट हुने पक्का भएको बताइएको छ। कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ। प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन्।देउवा र मोदीबीच पछिल्लोपटक २०७४ को भदौमा भेट भएको थियो। चौथो पटक प्रधानमन्त्री भएपछि देउवा भारत भ्रमणमा गएका बेला वार्ता भएयता उनीहरुको भेट भएको छैन। पछिल्लोपटक प्रधानमन्त्री भएर संसदबाट विश्वासको मत पाएपछि मोदीले देउवालाई फोनमार्फत बधाई दिएका थिए।देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम छ। उनले मोदी र जोन्सनसँग कात्तिक १५ वा १६ गते भेट्ने कार्यक्रम तय भएको छ।मोदीसँगको भेटमा देउवाले दुईबीचको सम्बन्धसँगै भारत र मोदीसँगको आफ्नो सम्बन्ध सुधारकाक लागि प्रयास गर्नेछन्। पछिल्लो समय कांग्रेस र भारतबीत त्यति राम्रो सम्बन्ध नभएको र त्यसलाई सुधार गर्न नेताहरु लागिपरेको बताइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति