गृहपृष्ठ ∕ स्वास्थ्य ∕ खर्च ब्यहोर्न नसक्नेको उपचार निशुल्क – स्वास्थ्य मंत्रालय खर्च ब्यहोर्न नसक्नेको उपचार निशुल्क – स्वास्थ्य मंत्रालय दीप संञ्चार कात्तिक ९, २०७७ गते १८:४४ मा प्रकाशित काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।यसको चौतफी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का कोअर्डिनेटर डा. गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट बञ्चित गरेको गुनासो आएको बताएका छन् ।गरिब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वंयम जिम्मेवार हुने बताएका छन् ।उनले सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ ।’स्रोत- अनलाईन खबरक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युकोरोनाको भयावह अवस्था : परीक्षण गरेकामध्ये आधामा संक्रमणतपाई योग गर्ने कि जिम जाने ?आज विश्व मुटु दिवस, यसरी बच्न सकिन्छ मुटुरोगबाट धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’