Techie IT
×
गृहपृष्ठस्वास्थ्ययोग गर्दा ध्यान दिनुपर्ने २० कुरा

योग गर्दा ध्यान दिनुपर्ने २० कुरा


शरीर, मन र भावनालाई व्यवहारिक हिसाबमा सन्तुलित गर्न र तालमेल मिलाइ राख्ने एक साधन हो, योग ।

योग आसन, प्राणायाम एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी छ कि यसले सद्भाव र एकीकरणको सिद्धान्तमा पनि काम गर्छ । योग गर्ने भन्दैमा जथाभावी गर्नु हुँदैन । यसको आफ्नै विधी, नियम र तौर तरिका छ ।

योगको नियम
१। बिहानको खाली पेटमा योग गर्नु सबैभन्दा राम्रो हुन्छ ।
२। यदि खाना खाएको भए ४ घन्टापछि गर्नु राम्रो मानिन्छ ।
३। योग अभ्यास सकेको आधा घन्टापछि मात्र खाना खानु पर्दछ ।
४। नियमित न्युनतम २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्नु राम्रो हुन्छ ।
५। योग गर्दा खुकुलो एवं सजिलो लुगा लगाउनु पर्छ । सुतिको कपडा भए उत्तम हुन्छ ।
६। योग गर्न शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नु राम्रो हुन्छ ।
७। चस्मा वा कन्ट्याक लेन्स लगाउनेहरुले अभ्यास गर्दा यसलाई झिक्नु पर्दछ ।
८। योग गर्दा दिसा पिसाब रोक्नुभन्दा सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ ।
९। महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन । तल्लो पेट चलाउनु हुन्न ।
१०। महिनावारीका बेला ध्यान, प्राणायाम मात्र गर्नु पर्दछ ।
११। योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ ।
१२। अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल बढाउँछ ।
१३। कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन ।
१४। दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।
१५। योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ ।
१६। उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वासको समस्यामा प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।
१७। अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले पनि प्राणायाम गर्दा श्वास रोक्न हुँदैन ।
१८। अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि वा विज्ञको सल्लाहमा मात्र गर्नुपर्छ ।
१९। दम, पाचन विकार, बाथ रोगको नियन्त्रण एवं निदानकालागि योग अपरिहार्य छ ।
२०। मानसिक, शारीरिक विकार हटाउन शरीरलाई स्वस्थ्य बनाउन योग महत्वपूर्ण हुन्छ ।


क्याटेगोरी : स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार