गृहपृष्ठ ∕ स्वास्थ्य ∕ मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ? मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ? दीप संञ्चार वैशाख ८, २०८० गते २१:१८ मा प्रकाशित कतिपय मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा हुँदैन । यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ ।विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने बानी हुन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ । तर विशेषज्ञ भने निद्रामा बोलेको कुराको कुनै अर्थ नभएको र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार भएको तर्क गर्छन् ।निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा नभेटिने चिकित्सकको तर्क छ । निद्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरु बताउँछन् । बरु यसले पर्याप्त निद्रा नपुगेको चाहिँ संकेत दिन्छ ।धेरै मानिसलाई तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्दछ । त्यसैले निद्रामा बरबराउने मानिसले यसबाट छुटकारा पाउन पर्याप्त सुत्नु पर्दछ । तर निन्द्रामा बोल्ने बानी कै कारण आत्तिइरहन आवश्यक छैन ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ