गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित एजेन्सी जेठ २९, २०७७ गते २०:५३ मा प्रकाशित टोकियो – जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो ।कोरोना महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा रहेको छ । सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् । पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण पनि समेटिएको छ ।यो बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ । बजेटले वित्तीय उद्धार कार्यक्रम र संघर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ । जापानमा मंगलबारसम्म कोरोनाभाइरसबाट १७ हजार २५१ जना संक्रमित हुनुका साथै ९१९ जनाको मृत्यु भएको छ ।तर देशभित्र कोरोनाभाइरसको संक्रमण बढेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन स्थितिको घोषणा गर्नु भएको थियो ।तर कोरोनाभाइरस प्रसारमा कमी आएसँगै गत महिना प्रधानमन्त्री आबेले उक्त घोषणा फिर्ता लिनु भएको थियो । –एएफपीक्याटेगोरी : जापानट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचाररुसले जापानको सागरमा क्रुज मिसाइल परीक्षण गरेपछि जापान “चिन्तित”जापान : रेलभित्र अन्धाधुन्दा चक्कु प्रहार गर्दा १७ यात्रु घाईतेजापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरणजापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ८त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’