गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित दीप संञ्चार असोज १३, २०७८ गते १७:१४ मा प्रकाशित जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेका गरेका छन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्री समेत हुने सम्भावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वाचित हुने अधिकारीहरुले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै विदा हुन लागेका छन् ।नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षको भएका छन् । उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उनी सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य रहँदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए ।जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुरबुवा समेत प्रतिनिधिसभाको सदस्य रहेका थिए । सिन्ह्वा क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप