गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल पत्रकार महासंघ कतारद्वारा एनआरएनए एनसिसी कतारका निर्वाचित कार्यसमितीलाई सम्मान नेपाल पत्रकार महासंघ कतारद्वारा एनआरएनए एनसिसी कतारका निर्वाचित कार्यसमितीलाई सम्मान दीप जङ्ग शाह भदौ २९, २०७६ गते १५:०७ मा प्रकाशित दोहा, नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसी कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ ।एनसिसि कतारको आठौं राष्ट्रिय महाधिवेशन बाट सन् २०१९-२०२१ कार्यकालको लागी निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रमका बिच स्वागत सहित सम्मान गरेको हो ।कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले यो जिम्मेवारी प्रदान गरेकोमा सबैमा धन्यवाद व्यक्त गर्दै आफुहरु सबै सङ्ग हातेमालो गरेर अगाडि बढन तयार रहेको प्रतिवद्दा व्यक्त गरे । पत्रकार महासंघ समाजको अभिन्न अङ्ग रहेकोले एनसिसि कतार सदैव समन्वय गरेर अगाडि बढने भन्दै साथ सहयोगको लागि आग्रह गरे । एनसिसीले गर्ने हरेक गतिविधिलाई जस्ताको त्यस्तै समाजमा ल्याउने काम पत्रकारको भएको भन्दै अध्यक्ष मुसलमानले आफुले अधिकतम साथ सहयोगको अपेक्षा गरेको बताए ।यो पनि पढ्नुहोस: एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मानकार्यक्रमको अध्यक्षता गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बकस मियाले एनसिसि कतारको कार्यकाल सफलता र असफलता दुबैमा पत्रकारको अहम भुमिका हुने भन्दै आग्रह पुर्वाग्रह नराखी महासंघ संग समन्वय गर्न अनुरोध गरे । बिगतमा एनसिसिको पत्रकार महासंघ संग सन्तोषजनक समन्वय नभएको भन्दै अध्यक्ष मियाले विभिन्न उप-समिती गठन गर्ने क्रममा सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । पत्रकार महासंघ पनि समाजको अभिन्न पाटो भएको भन्दै उनले एनसीसीले गर्ने हरेक गतिविधिमा महासंघ सँग समन्वय गरेमा ती कार्यहरु प्रभावकारी बन्ने बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका आचार संहिता अनुगमन समितीमा सदस्य एवं कतार शाखाका सल्लाहकार क्रान्ति सिंह, एनआरएनए आइसिसी सदस्य केबि हमाल, युवराज शर्मा, एनआरएनए एनसिसी कतारका महिला उपाध्यक्ष सरिता भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज बिकले स्वागत गरेको कार्यक्रमको सहजिकरण सचीव दिलकुमार श्रेष्ठले गरेका थिए ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धकतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्तीमानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा