गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मान एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मान दीप संञ्चार भदौ २३, २०७६ गते १७:०४ मा प्रकाशित ठकुरी सहयोग संञ्जाल कतारले भर्खरै सम्पन्न एनआरएनए एनसीसी कतारको निर्वाचनबाट भारी मतले विजय प्राप्त गरेका नव निर्वाचित अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानलाई एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ ।त्यस्तै संञ्जालले आईसीसी सदस्यमा विजय प्राप्तगरेका संञ्जालका बरिष्ठ सल्लाहकार कृष्ण बहादुर हमाल उर्फ के बि हमाल र एनसीसी कतारको सदस्य पदमा विजय प्राप्त गरेका संञ्जालकै सदस्य ज्वाला शाहीलाई पनि सोही कार्यक्रममा सम्मान तथा बधाई ज्ञापन गरेको छ ।संञ्जालका अध्यक्ष भरत बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा एनसीसी अध्यक्षले यस यस प्रकारको विशेष सम्मानले आफूलाई थप उर्जा थपएिको बताउदै भने, ‘संञ्जालसंगको सहकार्य विगत लामो समयदेखि रहदै आएकोले मैले यस सञ्जाललाई मुटुमै सजाएर राखेको छु, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि सञ्चालनमा रेहेको कलम परियोजनालाई सम्मान गर्दछु र मेरो आर्थिक र भौतिक दुबै सहोगको लागि प्रतिबद्दता गर्दछु ।’ मुसलमानले थपे, ‘एनसीसी कतारले अब सामाजिक एजेण्डालाई व्यापकता दिदैछ र मलाई विश्वास छ यस सञ्जालले पनि हरेक सामाजिक कार्यक्रमा सहकार्य गर्ने छ ।’कार्यक्रममा संञ्जालका अध्यक्ष मल्लले आफ्नो २ वर्षे कार्यकाल पनि भर्खरै शुरुवाता भएको वताउदै सञ्जालको मुल्य, मान्यता तथा भावि योजना लगाएतको कुराहरु जानकारी गराएका थिए । मल्लले अध्यक्ष मुसलमान तथा विजयी टिमलाई बधाई दिदै कतारमा रहेका नेपाली समुदाय वीच परस्पर मितव्ययिता कायम गर्न र हातमा हात लगाएर हरेक समस्यामा एकजुट गराउने प्रयासमा आफू सदा प्रतिबद्द रहेको बताए ।सामाजिक कार्यलाई निकै गहनताका साथ लिएको संञ्जालले आगामि अक्टोबर ४ मा विजया दशमी शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्दै छ । उत्त कार्यक्रमका लागि मुसलमानलाई प्रमुख अथितिको निमन्त्रणा पत्र हस्तान्तरण गर्दै आईसीसी सदस्य तथा सञ्जालका सल्लाहकार के बि हमालले संञ्जाल कुनै जातिय संस्था नभई एकताको प्रतिकका रुपमा लागेको प्रकाश पार्दै आगामी दिनमा सञ्जाल पनि विश्वभर एकसाथ एनआरएनए संग सहकार्य गर्दै जाने बताए ।कार्यक्रमको सहजीकरण गर्दै संञ्जालका सल्लाहकार दीप जंग शाहले संञ्जालको तर्फबाट एनसीसी कतारको लागि ४ जनाको उम्मेदवारी परेको र आफू पराजित भए पनि ५० प्रतिशत सफलताले उत्साहित भएको बताएउदै आगामि दिनमा एनआरएनए र संञ्जाल वीचको सहकार्यमा महत्वपूर्ण पुलको भुमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै सञ्जालका सल्लाहकार निर्मल सिंह ठकुरीले आगामि अक्टोबर ४ का तयारी लगभग पूरा भएको जनाउदै नेपालबाट आउने अथिति कलाकारको टिकेट, होटल, भिषा लगाएत सम्पूर्ण काम पूरा भएको जानकारी गराउदै एनआरएन कतारका विजय टीमलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा अक्टोबरमा हुने कार्यक्रममा एनआरएनएको नयाँ टीमको तर्फबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरे । सञ्जालका सदस्य तथा नव निर्वाचित एनसीसी सदस्य ज्वाला शाहीले आफूलाई विजय गराउने ठकुरी तथा गैर ठकुरी सम्पूर्णलाई धन्यवाद दिदै आगामि यात्रा सामाजिक कार्यमा रहने प्रतिवद्दता व्यक्त गर्दै आफू सामाजिक अभियन्ता तथा एकताको पहरेदारका रुपमा सदा उभिने बताए ।साथै पछिल्लो समयमा आफूलाई स्थापित गराउदै लगेका गायक तथा संञ्जालका कलाकार संयोजक ईमान सिंह ठकुरीले कला र समाज नङ र मासुको सम्बन्ध भएको बताउदै अध्यक्ष मुसलमान, आईसीसी सदस्य हमाल, एनसीसी सदस्य शाही लगाए सम्पूण विजयी टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारका गोर्खालीद्वारा मानव सेवा आश्रमलाई पाँच लाख बढी सहयोग,गुरुङको अध्यक्षतामा…दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनएनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति,विभिन्न…नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै ताजा अपडेट नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ – प्रधानमन्त्री राजेन्द्र लिङ्देन : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रह दीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न निष्कर्षविहीन बन्यो सत्तारुढ गठबन्धनको बैठक बालबालिकालाई कति समय मोबाइल / टिभी हेर्न दिने ? एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु – भीम रावल कांग्रेस सभापित देउवाकी पत्नी आरजु राणा देउवा दिल्लीमा