गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल पत्रकार महासंघ कतारद्वारा एनआरएनए एनसिसी कतारका निर्वाचित कार्यसमितीलाई सम्मान नेपाल पत्रकार महासंघ कतारद्वारा एनआरएनए एनसिसी कतारका निर्वाचित कार्यसमितीलाई सम्मान दीप जङ्ग शाह भदौ २९, २०७६ गते १५:०७ मा प्रकाशित दोहा, नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसी कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ ।एनसिसि कतारको आठौं राष्ट्रिय महाधिवेशन बाट सन् २०१९-२०२१ कार्यकालको लागी निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रमका बिच स्वागत सहित सम्मान गरेको हो ।कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले यो जिम्मेवारी प्रदान गरेकोमा सबैमा धन्यवाद व्यक्त गर्दै आफुहरु सबै सङ्ग हातेमालो गरेर अगाडि बढन तयार रहेको प्रतिवद्दा व्यक्त गरे । पत्रकार महासंघ समाजको अभिन्न अङ्ग रहेकोले एनसिसि कतार सदैव समन्वय गरेर अगाडि बढने भन्दै साथ सहयोगको लागि आग्रह गरे । एनसिसीले गर्ने हरेक गतिविधिलाई जस्ताको त्यस्तै समाजमा ल्याउने काम पत्रकारको भएको भन्दै अध्यक्ष मुसलमानले आफुले अधिकतम साथ सहयोगको अपेक्षा गरेको बताए ।यो पनि पढ्नुहोस: एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई ठकुरी सहयोग संञ्जालको बधाई तथा सम्मानकार्यक्रमको अध्यक्षता गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बकस मियाले एनसिसि कतारको कार्यकाल सफलता र असफलता दुबैमा पत्रकारको अहम भुमिका हुने भन्दै आग्रह पुर्वाग्रह नराखी महासंघ संग समन्वय गर्न अनुरोध गरे । बिगतमा एनसिसिको पत्रकार महासंघ संग सन्तोषजनक समन्वय नभएको भन्दै अध्यक्ष मियाले विभिन्न उप-समिती गठन गर्ने क्रममा सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । पत्रकार महासंघ पनि समाजको अभिन्न पाटो भएको भन्दै उनले एनसीसीले गर्ने हरेक गतिविधिमा महासंघ सँग समन्वय गरेमा ती कार्यहरु प्रभावकारी बन्ने बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका आचार संहिता अनुगमन समितीमा सदस्य एवं कतार शाखाका सल्लाहकार क्रान्ति सिंह, एनआरएनए आइसिसी सदस्य केबि हमाल, युवराज शर्मा, एनआरएनए एनसिसी कतारका महिला उपाध्यक्ष सरिता भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज बिकले स्वागत गरेको कार्यक्रमको सहजिकरण सचीव दिलकुमार श्रेष्ठले गरेका थिए ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै