गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला कतारी राजकुमारी शेखा आश्मा अलथानी कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला कतारी राजकुमारी शेखा आश्मा अलथानी दीप संञ्चार वैशाख २९, २०७९ गते १०:५४ मा प्रकाशित कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् ।आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् ‘’म केहि दिन विरामी परेकी थिएं त्येसैले आंटेको हिमाल चढ्न सक्दिन की झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भब्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।‘’उनले आफ्नो पोष्टमा भनेकी छन् हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसंगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।उनले आफ्नो सफलताका पछाडी बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । जसमा निम्स दाइ लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन् ।विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसंग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, गल्फट्याग : #कतारी राजकुमारी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल