गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि दीप जङ्ग शाह साउन १२, २०७६ गते १९:४० मा प्रकाशित दोहा, कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि भएको छ । विभिन्न बाहना र धेरै तलब पाउने आशामा कम्पनी छोड्ने र आश्वास बमोजिमको काम र तलब नपाउदा आफु अलपत्र परेको भन्दै दुताबासमा आउने गरेको दुताबासले एक सुचना मार्फत जनाएको छ ।कतार स्थित नेपाली राजदुतावासले सार्वजनिक सुचना जारी गर्दै भनेको छ, “बैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राम्रो तलब सुविधा पाउने आश्वासन पाई आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनी थप पैसा समेत तिरेको र हाल आफू अलपत्र परेको भनी राजदुतावासमा उद्दारका लागि आउने क्रम हालैका दिनहरुमा उल्लेख्यरुपमा बढेको पाईएको छ ।”राजदुतावासले आफु खुसि वा साथि भाई तथा आफन्तको लहलहैमा लागेर कम्पनी छोड्ने र अन्तः आफू ठगिएको तथा अलफत्र परेको भन्दै हारगुहार माग्नु भन्दा समयमै सचेत रहन सबैमा आग्रह गर्दै अन्तमा भनेको छ, “पर्याप्त र ठोस आधार बिना आफू कार्यरत कम्पनीबाट आफूखुशी वा कसैको उक्साहटमा परी कार्यरत कम्पनी नछोड्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना जारी गरिएको छ ।”नेपाली राजदुतावास द्वारा जारी सार्वजनिक सूचनाक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल