गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख २५, २०७८ गते ३:४४ मा प्रकाशित नेपाली रक्तदाता संघ कतारले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्था नेपाली रक्तदाता संघ कतारको संयोजनमा कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।कोरोनाका महामारीकाबीच सम्पन्न कार्यक्रममा संघका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरे । कार्यक्रममा बोल्दै नेपाली राजदूतावास कतारका दित्तीय सचिव भट्टराईले रक्तदान पुण्यको कार्य भएको र नेपाली रक्तदाता संघ कतारको कार्य उदाहरणीय रहेको बताए ।संघका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको भित्ते पात्रो प्रदान गरिएको थियो । अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।नेपाली रक्तदाता संघ कतारका अध्यक्ष कटुवालले यस्तो बिषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु भई रक्तदान गर्नु हुने सम्पूर्ण दाताहरू तथा सहयोगी संस्थाहरुलाई धन्यवाद तथा आभार प्रकट गरे ।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल