गृहपृष्ठ ∕ ग्लोबल ∕ क्यानाडा ∕ क्यानडामा अहिलेसम्मकै ठूलो प्रहरी दमन क्यानडामा अहिलेसम्मकै ठूलो प्रहरी दमन दीप संञ्चार फागुन ८, २०७८ गते १७:५७ मा प्रकाशित एजेन्सी -क्यानडाको राजधानी सहर ओटावास्थित संसद भवन अगाडिको मुख्य प्रदर्शन क्षेत्रलाई क्यानडा प्रहरीले खाली गरेको छ । सरकारले ल्याएको कोभिडसम्बन्धी प्रावधानलाई लिएर प्रदर्शनकारीले तीन सातादेखि प्रदर्शन गरेका थिए ।१७० भन्दाबढी प्रदर्शनकारी र ३८ ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी हटाउन खटिएका प्रहरीहरुमध्ये कोही घोडामा चढेका थिए । उनीहरुले विरोध गर्ने केही प्रदर्शनकारीहरूलाई भुइँमा फ्याँकिदिएका थिए । उनीहरुका हातहरू पिठ्यु पछाडि बाँधिएका थिए ।प्रदर्शनकारीविरुद्धको कारवाही ओटावामा जारी रहेको प्रहरीले जनाएको छ । आन्दोलन नसकिएसम्म कारबाही जारी राखिने अन्तरिम प्रहरी प्रमुख स्टीभ बेलले बताए । केही प्रदर्शनकारीलाई प्रदर्शन क्षेत्रको मुटु मानिएको पार्लियामेन्ट हिलबाट वरपरका क्षेत्रहरुमा पुगेको बेलले बताए । ती क्षेत्रहरुबाट पनि प्रदर्शनकारीलाई हटाइने उनले बताए ।यसलाई क्यानडाको इतिहासमै अहिलेसम्मकै ठूलो प्रहरी कारबाही बताइएको छ । प्रदर्शनकारीलाई हटाउन प्रहरीले खुर्सानीको धुलो प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ । ‘प्रदर्शनकारीको आक्रमक स्वभाव रोक्न तपाईहरुले रसायनिक उत्तेजक पदार्थ प्रयोग गरेको देख्न सक्नु हुनेछ,’ प्रहरीले भनेको छ ।आफ्नै शैलीको फ्रिडम कन्भोयमाथिको दमन सुरु हुने वित्तिकै लाठी बोकेका सयौं प्रहरी प्रदर्शनकारीको जमघटको केन्द्र बनेको ओटावा झरेका थिए ।क्याटेगोरी : क्यानाडाट्याग : #प्रहरी दमन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ…नेपाली रक्तदाता संघ क्यानडा गठन धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै