Techie IT
×
गृहपृष्ठग्लोबलबेलायतएनआरएनए सदस्यले आफ्नै बुबाआमालाई राहत वितरण गर्दा विवाद

एनआरएनए सदस्यले आफ्नै बुबाआमालाई राहत वितरण गर्दा विवाद


लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका मनोनीत सदस्य ह्यारी गुरुङले आफ्नो विरोधीहरूलाई कुट्ने चेतावनी दिएका छन् ।

विश्वकै विकसित मुलुक बेलायतमा बसेर गुरुङले सामाजिक सञ्जालमार्फत आफ्ना विरोधीहरूलाई ‘गोरु चुटाइ’ गर्ने धम्की दिएका हुन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट गाली गलौज गरेपछि एनआरएनए बेलायतको प्रतिष्ठामै आँच पुगेको भनेर चिन्ता व्यक्त गरिएको छ ।

कम्युनिस्ट पृष्ठभूमिका गुरुङलाई एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले विशेष कोटामा मनोनीत गरेकी हुन् ।

कार्यसमितिका सदस्य गुरुङले आफ्नै बुबाआमालाई एनआरएनए यूकेको राहत दिएर फोटो खिचाइ समाचार बनाउन लगाएका थिए । एनआरएनएको राहत दुरुपयोग गरेको भन्दै सदस्य गुरुङको आलोचना भएको छ ।

बेलायतमा राहत नपाएका थुप्रै नेपालीहरू छन् । तर एनआरएनएकै सदस्यका बुबाआमालाई राहत दिएपछि भेदभाव गरेको भन्दै बेलायतभरि आलोचना भएको छ ।

सदस्य गुरुङ बेलायतमा हुनेखाने वर्गमै पर्छन् । तर, उनले नै राहत पाउनुपर्ने वर्गलाई छुटाएर आफ्नै बुबाआमालाई राहत वितरण गरेपछि हँगामा भएको छ ।

सदस्य गुरुङले एनआरएनए यूकेको राहत आफ्नै घरबाट बाँड्ने गरेको आरोप पनि लागेको छ । उनको विरोध भएपछि सदस्य गुरुङले आवेगमा आएर आफ्नो विरोधीहरूलाई कोभिड २० को संज्ञा दिएका छन् ।

अर्का मनोनीत सदस्य हेम गुरुङले अल्डरसटमा रहेका वृद्धवृद्धालाई एनएचएसको प्रेसक्रिप्सनका औषधि दिएर एनआरएनए यूकेको राहत भन्दै फोटो मात्र खिचेर झुक्याएको आरोप छ ।

एनआरएनए यूकेको ४ करोड घोटालाको जिम्मेवारीमै लिन्छु भनी कालो झण्डा देखाउनेलाई धम्क्याएका गुरुङले अहिले त्यहि ४ करोडको पोको बोकेर राहत बाड्न हिडेको भनि अल्डरसटमा व्यापक चर्चा छ ।

एनआरएनए आईसीसीमा मनोनीत रामशरण सिंखडाले लण्डननेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीलाई सामाजिक संजालमा गाली गलौज गरेका छन् ।

उनको सो कार्यको बिरोधमा नेपाल पत्रकार महासंघ युकेले एक विज्ञप्ति नै जारी गरेर सचेत गराएको छ ।

जनतामाझ बदनाम अनुहारहरूलाई जीवनकालमा निर्वाचित हुन नसक्ने भएकाले व्यक्तिलाई पूजा गर्दै निर्वाचनमा विजयी हुन सक्ने उम्मेदवारको पछि लाग्दै मनोनीतको टीका थाप्ने गरेको आरोप छ ।


क्याटेगोरी : बेलायत
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस