गृहपृष्ठ ∕ ग्लोबल ∕ बेलायत ∕ नेपाली दूतावास लन्डन राजदूतविहिन, कार्यबाहक राजदूतमा प्रवक्ता खनाल नेपाली दूतावास लन्डन राजदूतविहिन, कार्यबाहक राजदूतमा प्रवक्ता खनाल दीप संञ्चार कात्तिक ८, २०७८ गते १४:०० मा प्रकाशित काठमाडौँ –नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त भएकी छन् । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त भएकी हुन् ।राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा खनाल नियुक्त भएकी थिइन् । पाल्पा जिल्लामा जन्मिएकी खनाल कपिलवस्तु हुँदै हाल काठमाडौंमा बसोवास गर्दै आएकी छन् ।परराष्ट्र सेवामा एक दशकभन्दा बढी समय बिताइसकेकी खनालले यसअघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् ।बेलायतका लागि एक्काइसौं राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएपछि नेपाली दूतावास लण्डन राजदूतबिहीन बनेको छ ।क्याटेगोरी : बेलायत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको…बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आजमहारानी एलिजाबेथ द्वितीया : महारानीको मृत्यु भएपछि उनको तस्बिर अङ्कित… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै