Techie IT
×
गृहपृष्ठग्लोबलबेलायतनेपाललाई सहयोग गर्न अनुरोध गर्दै आचार्यले बेलायती सांसदलाई बुझाए ज्ञापनपत्र

नेपाललाई सहयोग गर्न अनुरोध गर्दै आचार्यले बेलायती सांसदलाई बुझाए ज्ञापनपत्र


लन्डन (जीएनएन) — गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले नेपालबारे बेलायतको सर्वदलीय संसदीय समिति (एपीपीजी अन नेपाल) का अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई एक ज्ञापनपत्र बुझाउंदै बेलायती सहयोगका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

शनिबार बिहान एकपत्र हस्तान्तरण गर्दै व्यवसायी तथा समाजसेवी आचार्यले नेपाल अहिले ज्यादै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको, अस्पताल शैयया, अक्सिजन, भेन्टिलेटर, परीक्षण किट जस्ता सामग्रीको चरम अभाव भएको एवं लाखौं जनताले खोपको पहिलो मात्रा समेत लगाउन नपाएको स्मरण गराए ।

नेपालको अवस्था अहिले ज्यादै जटिल भएको उल्लेख गर्दै पत्रमा नेपालले अन्तर्राष्ट्रिय समुदायसंग सहयोगका लागि अपिल गरिरहेको अवगत गराइएको छ । तीन करोड जनसंख्या भएको गरिब मुलुकमा दैनिक मृत्युदर २०० बढी र हालसम्म संक्रमित संख्या ४ लाख तीस हजार नाघिसकेको पनि पत्रमा उल्लेख छ ।

पत्रमा उनले भारतमा कोभिड १९ का केसहरु अप्रत्यासितरुपमा बढेको र खुल्ला सीमा भएका कारण नेपालपनि त्यसबाट नराम्ररी प्रभावित भएको स्मरण गराउंदै नेपाल सरकारले ‘इण्डियन बबल’ बाहेक हाल सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएको बताएका छन् । संक्रामक र खतरनाक मानिएको इण्डियन भेरियन्टका भारत र नेपाललाई बेलायतले ‘रेड लिष्ट’ मा राखी यात्रा प्रतिवन्ध गरिसकेको पनि पत्रमा उल्लेख छ ।

भारत र नेपालमा स्वास्थ्य संकट खेपिरहंदा बेलायती सरकारले भारतलाई यसअघि नै अत्यावश्यक औषधि, खोप र स्वास्थ्य सामग्री सहयोग स्वरुप पठाइसकेको छ ।

पत्र बुझे पछि बोल्दै वरिष्ठ बेलायती सांसद वीरेन्द्र शर्माले नेपाल र बेलायत  बीच रहेको मित्रता विश्वमै सबैभन्दा लामो समय देखि जारी मित्रता भएको बताए।

उनले कोभिड १९ कुनै स्थानीय समस्यामात्र नभएर एउटा विश्वव्यापी समस्या भएको बताए। उनले ब्रिटिश सरकारले आफ्नो पुरानो र भरपर्दो मित्रलाई सघाउनु पर्छ भन्दै यो विषय बेलायती प्रधानमंत्री बोरिस जोन्सन तथा बेलायती सरकार समक्ष उठाउने वाचा पनि गरे ।

पटक पटक नेपालको भ्रमण गरेका सांसद शर्मा नेपालका भरपर्दो मित्रका रुपमा पनि चिनिन्छन् ।


क्याटेगोरी : बेलायत
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस