गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस भगिरथ योगी / जगन कार्की माघ ८, २०७७ गते २३:४७ मा प्रकाशित न्यूयोर्क (जीएनएन) – संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन्।गुरुङ ले आफ्ना श्रीमानसंग प्रार्थना सभामा सहभागी ह्यारिसको तस्वीर सहित एक ट्विट गरेका छन्। “हामीले डिजाइन गरेको पोशाक लगाएर उपराष्ट्रपति प्रार्थना सभामा सहभागी हुनु भयो। कृतज्ञता, हार्दिक कृतज्ञता,” गुरुङले आफ्नो ट्विटमा भनेका छन्।को हुन् प्रबल गुरुङ ?अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित ‘फेशन डिजाइनर’ मा पर्छन्।सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटीले रुचाएका चर्चित डिजाइनर हुन्। पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामादेखि बेलायती राजकुमारी केटसम्मले उनले डिजाइन गरेको लुगा रुचाएका छन्।नेपली पुत्र प्रबल गुरुङबलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्। सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्। आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्।गुरुङले आफ्नो जीवनीमा आधारित ‘कफी टेबल बुक’ किताब पनि लेखेका छन। प्रबल गुरुङ शीर्षकमा सार्वजनिक हुने उनको किताबमा आप्रवासीको कथा र आफ्नो अमेरिकी सपना पूरा भएको कथा समेटिएको उनले लेखेका छन्।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुनेएनआरएनए अमेरिकाको युवा शिखर सम्मेलन सफल पार्न विभिन्न समिति गठन,…बाइडेनको भ्रमण अघि मेक्सिकोद्वारा “एल चापो” का छोरा पक्राउटेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी