गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाइडेनले ३०२ निर्वाचकिय मत प्राप्त गर्दै बने आधिकारिक राष्ट्रपति, जनवरी २० मा सपथ ग्रहण बाइडेनले ३०२ निर्वाचकिय मत प्राप्त गर्दै बने आधिकारिक राष्ट्रपति, जनवरी २० मा सपथ ग्रहण जीएनएन मंसीर ३०, २०७७ गते ४:३७ मा प्रकाशित जिएनन । डिसेम्वर १४ ,डिसी । आज सम्पन्न भएको ईलेक्ट्रोरल कलेज भोट( निर्वाचकिय मतदान)बाट जो बाईडेनले ३०२ मत प्राप्त गर्दै आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति भएका छन । आधिकारिक रुपमा अमेरिकाका ५० वटै राज्यहरुले बाइडेनले जितेको भन्दै आधिकारिक रुपमा प्रमाणित गरेका छन ।इलेक्टोरलहरुले मतदान गरे पछि आगामी जनवरी ६ ,२०२१ का दिन कंग्रेसले बाइडेन बिजयी भएको अनुमोदन गर्नु पर्ने छ । अनुमोदन भए पछि जनवरी २० का दिन बाइडेनले सपथ ग्रहण लिनेछन ।अमेरिकामा पराजित हुने उम्मेदवारले नतिजा घोषणा भए पछि हार स्वीकार गर्ने प्रचलन छ भने यस पटक ट्रम्पले अझ पनि हार स्वीकार गरेका छैनन । उनले बाइडेनको जीतलाई स्वीकार नगरी चुनावमा धाधली भयो भन्दै २ दर्जन भन्दा मुद्धा तल्लो अदालतमा हालेका थिए तर सबै मुद्धाहरु अदालतले खारेज गरेको थियो ।अन्तिम अवस्था सम्म ट्रम्पले नै मनोनित गरेका सर्वोच्च अदालतका ३ जना न्यायाधिशहरुले समेत ट्रम्पले हालेको मुद्धालाई अस्विकार गरे पछि ट्रम्पलाई ठूलो झट्का लागेको थियो । सर्वोच्च अदालतले दुई पटक ट्रम्प र ट्रम्प अभियानले हालेको सर्वाधिक सशक्त मुद्धालाई समेत अस्विकार गरि दिएको थियो ।अमेरिकामा ज्यादा मत अर्थात लोकप्रिय मत बढी ल्याउदा पनि २०१६ मा यही ईलेक्ट्रोरल मतको कारण राष्ट्रपति डोनाल्ड ट्रम्प सँग पराजित भएकी थिईन । चुनाव हार्नेले बिजयी हुनेलाई सिधै कुरै गरेर बधाई दिने समेत चलन छ । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलाई बधाई दिएकी थिइन् ।उन्ले ट्रम्प भन्दा ३० लाख बढी मत ल्याएता पनि चुनाव हरेकी थिइन ।बाइडेनलाई राष्ट्रपति बन्न जुटाउनु पर्ने २७० निर्वाचकीय मत प्राप्त गर्नु पर्ने रहकोले उन्ले ३०२ मत प्राप्त गर्दै अव उनि ह्वाईट हाउसमा जाने पक्का भएको छ ।बाइडेनले आजै साँझमा सम्बोधन गर्ने बुझिएको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको…अमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १०…एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा…एनआरएनए मलेसियाको कार्यालय श्रममन्त्री श्रेष्ठद्वारा उदघाटन, नेपाल र नेपालीको हितमा… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु