गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाइडेनले ३०२ निर्वाचकिय मत प्राप्त गर्दै बने आधिकारिक राष्ट्रपति, जनवरी २० मा सपथ ग्रहण बाइडेनले ३०२ निर्वाचकिय मत प्राप्त गर्दै बने आधिकारिक राष्ट्रपति, जनवरी २० मा सपथ ग्रहण जीएनएन मंसीर ३०, २०७७ गते ४:३७ मा प्रकाशित जिएनन । डिसेम्वर १४ ,डिसी । आज सम्पन्न भएको ईलेक्ट्रोरल कलेज भोट( निर्वाचकिय मतदान)बाट जो बाईडेनले ३०२ मत प्राप्त गर्दै आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति भएका छन । आधिकारिक रुपमा अमेरिकाका ५० वटै राज्यहरुले बाइडेनले जितेको भन्दै आधिकारिक रुपमा प्रमाणित गरेका छन ।इलेक्टोरलहरुले मतदान गरे पछि आगामी जनवरी ६ ,२०२१ का दिन कंग्रेसले बाइडेन बिजयी भएको अनुमोदन गर्नु पर्ने छ । अनुमोदन भए पछि जनवरी २० का दिन बाइडेनले सपथ ग्रहण लिनेछन ।अमेरिकामा पराजित हुने उम्मेदवारले नतिजा घोषणा भए पछि हार स्वीकार गर्ने प्रचलन छ भने यस पटक ट्रम्पले अझ पनि हार स्वीकार गरेका छैनन । उनले बाइडेनको जीतलाई स्वीकार नगरी चुनावमा धाधली भयो भन्दै २ दर्जन भन्दा मुद्धा तल्लो अदालतमा हालेका थिए तर सबै मुद्धाहरु अदालतले खारेज गरेको थियो ।अन्तिम अवस्था सम्म ट्रम्पले नै मनोनित गरेका सर्वोच्च अदालतका ३ जना न्यायाधिशहरुले समेत ट्रम्पले हालेको मुद्धालाई अस्विकार गरे पछि ट्रम्पलाई ठूलो झट्का लागेको थियो । सर्वोच्च अदालतले दुई पटक ट्रम्प र ट्रम्प अभियानले हालेको सर्वाधिक सशक्त मुद्धालाई समेत अस्विकार गरि दिएको थियो ।अमेरिकामा ज्यादा मत अर्थात लोकप्रिय मत बढी ल्याउदा पनि २०१६ मा यही ईलेक्ट्रोरल मतको कारण राष्ट्रपति डोनाल्ड ट्रम्प सँग पराजित भएकी थिईन । चुनाव हार्नेले बिजयी हुनेलाई सिधै कुरै गरेर बधाई दिने समेत चलन छ । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलाई बधाई दिएकी थिइन् ।उन्ले ट्रम्प भन्दा ३० लाख बढी मत ल्याएता पनि चुनाव हरेकी थिइन ।बाइडेनलाई राष्ट्रपति बन्न जुटाउनु पर्ने २७० निर्वाचकीय मत प्राप्त गर्नु पर्ने रहकोले उन्ले ३०२ मत प्राप्त गर्दै अव उनि ह्वाईट हाउसमा जाने पक्का भएको छ ।बाइडेनले आजै साँझमा सम्बोधन गर्ने बुझिएको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल