गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु एजेन्सी असार २८, २०७७ गते २०:०२ मा प्रकाशित म्याकअलेन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न पाएका थिएनन् । म्याकअलेनका प्रहरी प्रमुख भिक्टर रोड्रिगेजका अनुसार मृत्यु भएका प्रहरीहरुमा ४५ वर्षीय एडेलमिरो गार्जा र ३९ वर्षीय इस्माएल चाभेज रहेका छन् ।प्रहरी प्रमुख रोड्रिगेजले शहरमा शान्ति सुव्यवस्थाका लागि अहोरात्र खटिने दुई इमान्दार प्रहरी मारिएको भन्दै दुःख प्रकट गरे । गोली प्रहार गरेका क्यामारिल्लोले उक्त घटना भएलगत्तै आत्महत्या गरेका थिए । प्रहरी रेकर्डमा प्रहरीमाथि गोली चलाउने ती व्यक्तिलाई विभिन्न अपराधमा यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो ।टेक्सासका गभर्नर ग्रेग अब्बोटले आफूले प्रहरीको सेवा र साहसप्रति सदैब गर्व गर्ने गरेको बताउँदै दिवंगत प्रहरीका परिवारप्रति गहिरो समवेदना प्रकट गरे । प्रहरीको मृत्युप्रति टेक्सासका विभिन्न राजनीतिक तथा सम्बन्धित निकायहरुले दुःख प्रकट गरेका छन् । –एपीक्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १०…एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा…एनआरएनए मलेसियाको कार्यालय श्रममन्त्री श्रेष्ठद्वारा उदघाटन, नेपाल र नेपालीको हितमा…एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने रकम भुक्तानी,सुवेदीकै कार्यसमिती वैधानिक धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !