गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु एजेन्सी असार २८, २०७७ गते २०:०२ मा प्रकाशित म्याकअलेन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न पाएका थिएनन् । म्याकअलेनका प्रहरी प्रमुख भिक्टर रोड्रिगेजका अनुसार मृत्यु भएका प्रहरीहरुमा ४५ वर्षीय एडेलमिरो गार्जा र ३९ वर्षीय इस्माएल चाभेज रहेका छन् ।प्रहरी प्रमुख रोड्रिगेजले शहरमा शान्ति सुव्यवस्थाका लागि अहोरात्र खटिने दुई इमान्दार प्रहरी मारिएको भन्दै दुःख प्रकट गरे । गोली प्रहार गरेका क्यामारिल्लोले उक्त घटना भएलगत्तै आत्महत्या गरेका थिए । प्रहरी रेकर्डमा प्रहरीमाथि गोली चलाउने ती व्यक्तिलाई विभिन्न अपराधमा यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो ।टेक्सासका गभर्नर ग्रेग अब्बोटले आफूले प्रहरीको सेवा र साहसप्रति सदैब गर्व गर्ने गरेको बताउँदै दिवंगत प्रहरीका परिवारप्रति गहिरो समवेदना प्रकट गरे । प्रहरीको मृत्युप्रति टेक्सासका विभिन्न राजनीतिक तथा सम्बन्धित निकायहरुले दुःख प्रकट गरेका छन् । –एपीक्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै