Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिका नेपाल सोसाइटीद्वारा अमेरिकी महिला सभासद र अन्य विशिष्ट व्यक्तिहरु सम्मानित

अमेरिका नेपाल सोसाइटीद्वारा अमेरिकी महिला सभासद र अन्य विशिष्ट व्यक्तिहरु सम्मानित


डिसी । उत्तर अमेरिकाको नेपालीहरुको सबै भन्दा जेष्ठ तथा मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी द्वारा अमेरिकी महिला सभासद (कंग्रेसवुमेन ) जेनिफर वेक्सटन लगायत अन्य विशिष्ट व्यक्तिहरुलाई सम्मानित गरेको छ । हेरिटेज नेपाल फेस्टिवल ( परम्परा नेपाल उत्सव ) नामक कार्यक्रममा सामुदायिक सेवाको लागि उत्कृष्ट योगदान गरे वापत सरोज प्रजापति तथा एएनएस लाइफ टाइम एचिभमेन्ट ( आजीवन प्राप्ति पदक )द्वारा सम्मानित गरिएको छ ।

यसै गरि सामुदायिक नेतृत्व पदक द्वारा अमेरिकी महिला सभासद जेनिफर वेक्सटनलाई सम्मानित गरिएको छ । जेनिफर अमेरिकन अधिवक्ता हुन् भने हाल उनि भर्जिनियाको १० औ निर्वाचन क्षेत्रकि प्रख्यात तथा चर्चित महिला सभासद हुन् । यसै गरि सामाजिक सेवामा नेतृत्वपन पदकद्वारा किथ फेडरम्यान सम्मानित भएका छन् । कार्यक्रममा सम्मानित हुने सबै उपस्थिति भएता पनि स्वास्थ्यको बाल्टिमोरबाट डा. श्याम कार्की अनुपस्थिति रहेका थिए । सम्मानित हुने व्यक्तिहरुलाई राजदुत डा. अर्जुन कुमार कार्कीले पदक वितरण गरेका थिए । कार्यक्रममा महिला सभासद वेक्सटन तथा राजदुत कार्कीले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा भर्जिनियाको फेयर फ्याक्स काउन्टी ( जिल्ला बराबर ) का संचालक समिति सदस्य तथा शिक्षकहरुको उपस्थिति रहेको छ । यो बर्ष सम्म लगाएर ४ बर्ष देखि हेरिटेज नेपाल फेस्टिभल ( परम्परा नेपाल उत्सव ) नामक कार्यक्रम संचालन गर्दै आएको अमेरिका नेपाल सोसाईटीले अभूतपूर्व रुपमा दोश्रो पुस्तालाई उच्च प्राथमिकता दिदै समेट्न सफल भएको छ ।

यस पटक उक्त उत्सव कार्यक्रममा सरकारी रुपमा काउन्टीले बालबालिकाहरुका लागि एक प्रदर्शन कक्ष खोलि कार्यस्थल मै परिचयपत्र वितरण गरेको थियो । उत्सवलाई भब्य बनाउन स्वत ; स्फूर्त रुपमा २० देखि ३० बर्ष भन्दा अगाडी देखि अमेरिका आएका देखि भर्खर नेपालबाट अमेरिका आएका समेतका नेपाली समुदायहरुको उपस्थितिको साथै किशोर किशोरी बालबालिकाहरुको उल्लेखनीय उपस्थितिले उत्सवमा अझ जीवन्तता र रौनक ल्याएको थियो ।

उत्सवमा स्थानीय बालबालिका तथा किशोर किशोरीहरुको प्रस्तुति बेजोड रहेको थियो । अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन अमेरिकन प्यासिफिक आईल्याण्डर्स हेरिटेज (परम्परा ) महिनाको रुपमा मनाउने गरेकोले अमेरिका नेपाल सोसाईटीले उत्सव भव्यताको साथ मनाएको हो ।

उत्सवमा सबै भन्दा उत्कृष्ट प्रस्तुति गीति नाटक शैलीको बिशेष सामूहिक प्रस्तुति निकै शिक्षाप्रद रहन पुग्यो । उक्त प्रस्तुतिमा संवाद ,नृत्य तथा समाजलाई दिने सूचना निकै संदेशमूलक समेत रहेको दर्शक र नेपाली समुदायले ठहर गरेका छन् ।

उक्त नाटक शैलीको मुख्य भाव र कथाले दिन खोजेको संदेश नेपाल बाट अमेरिका आएका तथा अमेरिका जन्मेका किशोर किशोरी तथा बालबालिकाहरुले प्रसस्त समस्याको सामना गरि रहेका हुन्छन । उनीहरु दुई देशको संस्कृति बोकेका हुन्छन भने उनीहरु अझ दवाबमा हुने हुनाले अभिभावकले उनीहरुको मनोभाव बुझ्नु पर्ने ,उनीहरुलाई अध्ययन तथा अन्य कुरामा दवाब भन्दा उत्प्रेरणा गर्ने ,सम्झाउने तथा हौसला प्रदान गर्नु पर्ने संदेश दिएको थियो ।

उक्त गीति नाटक शैलीको प्रस्तुतिको कथा तथा आलेख प्रकृति देउजाले लेखेकी हुन् । गत बर्ष २०१८ मा सम्पन्न परम्परा नेपाल उत्सवमा पनि किशोरकिशोरीहरुलाई बिशेष अध्ययन र शिक्षा दिनु पर्छ भन्ने संदेश मूलक नाटक सहितको प्रस्तुति रहेको थियो । युवा प्रतिभा प्रकृति देउजा अमेरिकन समुदायमा अमेरिकन राष्ट्रिय गानको लागि प्रख्यात छिन भने उनले अमेरिकन कलाकार संग अमेरिकन गीत गाउने अवसर पाई रहेकी छिन ।

डिसी क्षेत्रका नेपा पास पुचः अमेरिकये (एनपीपीए),श्रीओम किर्तन मण्डली ,आदर्श नेपाली समाज तथा अन्य जातजातिका सबै वर्गका संघ/संस्थाको सक्रिय सहभागिता रहेको थियो । कार्यकममा नृत्यको नृत्य निर्देशन नेहा आचार्यले गरेकी थिइन् ।

कार्यक्रममा आदर्श नेपाली समाजबाट सानी कन्चन, शितल, सुबिषा, लगायत १५ जनाको समुहले नृत्य प्रस्तुत गरेका थिए । यसै गरि श्रीओम किर्तन मण्डलीबाट सगुन, दिपर्शन, रुबिषा, रबिना र आकृति लगायतले संस्कृतबाट मृत्युन्जय मन्त्र वचन गर्नुको साथै एक नृत्य पनि प्रस्तुत गरेका थिए । अमेरिकन राष्ट्रिय गान प्रकृति देउजाले गाएकी थिइन् ।

भर्जिनियाको सेन्टरभिल माध्यमिक बिद्यालयमा कार्यकारी समिति, स्वयम् सेवकको अथक प्रयास तथा मेहनतको कारण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ l इनेप्लिजमा विजय थापाले समाचार लेखेका छन् ।

  


क्याटेगोरी : अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस