Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकातीन डलर वोकेर कार किन्न आफैं गाडी चलाएर क्यालिफोर्निया गइरहेका पाँच वर्षीय बालक पक्राउ

तीन डलर वोकेर कार किन्न आफैं गाडी चलाएर क्यालिफोर्निया गइरहेका पाँच वर्षीय बालक पक्राउ


एजेन्सी – कतिपय मानिसका सानो छोराछोरीले कार सिकाइ दिन अभिभावकसंग जिद्धी गर्न सक्छन् । कतिपय अभिभावकलाई पनि सानै उमेरमा आफ्ना छोराछोरीलाई कार चलाउन सिकाउन मन लाग्दो हो । तर सानैमा छोरालाई कार चलाउन सिकाइदिने अभिाभावकलाई युटामा झण्झट आइलागेको छ ।

अभिभावकको एसयुभी कार लिएर क्यालिफोर्नियातर्फ जांदै गर्दा युटा पुलिसले एक पांच वर्षीय वालकलाई पक्राउ गरेको छ जो गोजीमा तीन डलर वोकेर न्यूनतम २ लाख रुपिंया पर्ने ल्याम्वोर्गीनी कार किन्ने उदेश्यले क्यालिफोर्नियातर्फ गइरहेका थिए । ती वालकले आफ्नो आमासंग ल्याम्वोर्गीनी कार किनीदिन माग गरेका थिए तर आमाले अस्वीकार गरेपछि आफै कार लिएर निस्किएका थिए ।

युटा हाइवे पेट्रोलले सडकमा गाडी दांयावांया गर्दै गुडेको देखेपछि अपांगता भएको व्यक्तिले चलाएको हो कि भनेर जांच गर्न रोकेको थियो तर जव चालक सिटमा पांच वर्षीय वालकलाई देख्यो र परिस्थिति वुझ्यो, प्रहरी पनि छक्क परेको थियो । प्रहरीले यो घटनालाई ट्वीटरमार्फत सार्वजनिक गरेको छ ।

प्रहरीले वालकको पहुंचमा पुग्ने गरी कारको चावी छाडेको र आफु घरभन्दा टाढा भएको वेला वालकलाई आफ्नो दाजुको हेरचारमा छाडेकोमा अभिभावकलाई कस्तो कारवाही गर्ने भन्ने निर्णय स्थानीय अधिकारीले गर्नेछन् ।

(स्रोत : सीएनएन)


क्याटेगोरी : अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस