Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाकोरोना संक्रमणवाट अमेरिकामा मृत्यु भएका गजमेरको अन्त्येष्टिको लागि सहयोग गर्न आह्वान (गोफन्ड लिंक सहित)

कोरोना संक्रमणवाट अमेरिकामा मृत्यु भएका गजमेरको अन्त्येष्टिको लागि सहयोग गर्न आह्वान (गोफन्ड लिंक सहित)


लुइभेल – कोरोना संक्रमणवाट मृत्यु भएका लुइभेल निवासी भूटानी युवा खड्गवहादुर गजमेरको अन्त्येष्टिका लागि परिवारलाई सहयोग गर्न गोफण्डमा खाता खोलिएको छ ।

परिवारका तीनै जना सदस्यहरु कोरोनावाट संक्रमित भएकोले अहिले उनको परिवार आर्थिक संकटवाट गुज्रिरहेको छ ।

स्वर्गीय गजमेरको अन्त्येष्टि र अस्पतालमा रहेका परिवारको उपचारार्थ भूटनीज सोइसाइटी अफ केन्टकी (वीएसके)ले गोफन्ड खाता खोलेको हो ।

सन् १९७८ भूटानमा जन्मिएका स्वर्गीय गजमेर झापाको बेलडाँगी शिविरमा २० वर्ष लामो शरणार्थी जीवन विताएर अमेरिका पुनस्थापित भएका थिए ।

स्वर्गीय गजमेरको अन्त्येष्टिका लागि सहयोग गर्न गोफण्डको यो लिंकमा यहाँ क्लिक गर्नुहोला ।


क्याटेगोरी : अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस