थाहा पाइराखौंः २०२० मा उठेका अमेरीकी इमिग्रेसन विषयक केहि सवालहरु
- साधना घिमिरे
अमेरिका लगायत विश्वभर कोरोनाभाईरसको प्रकोपले गर्दा सार्वजनिक स्वास्थ्यको समग्र अवस्था गम्भिर रहेको छ । घरै बस्नुपर्ने र सामाजिक दुरी कायम राख्नुपर्ने हुँदा अनिवार्य बाहेकका सरकारी र सार्वजनिक सेवाहरु अवरुद्ध गरिएको छ । अमेरीकामा स्थायी बसोवास गर्ने र अन्य विभिन्न भिसामा अमेरिकामा रहेका तथा हाल अमेरीका बाहिर रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई विभिन्न खाले समस्या र सवालहरुको सामाना गर्नु परेको छ । केहि प्रश्नहरुको जवाफ सार्वजनिक श्रोतहरुमा उपलब्ध भएका आधारमा सजिलोको लागि यहाँ प्रस्तूत गरेको छु । यो कानूनी सल्लाह भने होइन । तपाइँको कुनै समस्या भएमा समयमै कानून व्यवसायीको सहायता र सल्लाह लिन अनुरोध छ ।
१. मसँग अमेरीकाको स्थायी बसोबास पत्र (ग्रीन कार्ड) छ, तर म हाल नेपालमा छु । म कहिलेसम्म फर्किन मिल्छ ?
स्थायी बसोबास गर्ने नेपालीहरुले निर्धक्क अमेरीका बाहिर जान र पूनः आगमन गर्न बाधा छैन । छोटो र अस्थायी यात्राले स्थायी बसोबासमा असर पार्दैन । तर सामान्यतः एक बर्ष भन्दा बढि अमेरीकाबाहिर रहेमा स्थायी बसोबास त्याग गर्ने मनसाय रहेको मानिन्छ ।
यू.एस.सी.आई.एस. का अनुसार यदि कुनै स्थायी वसोवास पत्र भएको व्यक्तिले नियतवस अमेरीकामा बसोबास नगरे स्थायी बसोबास पत्र रद्ध हुन सक्ने छ ।
नियतवस बसोबास नगर्नुको परिभाषा भित्र निम्न कुराहरु पर्दछन्ः
अल्पकालिन बसाई हो भनि देखाउनका लागि
सामान्यतः ६ महिना भन्दा धेरै अमेरिका भन्दा बाहिर रहेमा अमेरीकी नागरीकता लिनका लागि लगातार अमेरिकामै रहनुपर्ने कानूनी अनिवार्यता भंग समेत हुन सक्छ । तर स्थायी बसोबास गर्ने मनसाय नरहेको भनी मान्नका लागि भने लगातार एक बर्ष भन्दा बढी देश बाहिर रहेको हुनपर्दछ । तर यदि बाहिर रहँदा पनि तपाइँले अमेरीकामा आयकर तिर्नुभयो, बैँक खाता चालू नै राख्नुभयो, पत्राचार ठेगाना कायम राख्नु भयो, वा जागीर कायम राख्नुभयो भने यो तपाइँको बाहिर बसाई असथायी हो भन्ने उल्लेख्य प्रमाणहरु मानिनेछन र तपाइ पूनः अमेरीकामा निर्धक्क आउन सक्नुहुने छ ।
तपाईको बसोबास कोरोनाभाईरसका कारण लम्बीएको हो भने यात्रामा लागेको बन्देज खुलेपछि तपाईलाई पूनः अमेरीका प्रवेश गर्न अवस्य मिल्नेछ किनकी तपाईले चाहेर मा मनसायवस बसेको होईन, परिस्थितिवस बाहिर बस्नुपरेको हो । तर समस्या नपरोस भन्नका लागि २०१९ को आयकर तिरेर, वा बैँक खाताको मासिक प्रतिवेदन, वा तपाईको घर वा अपार्टमेन्टको धारा बत्ति वा पानीको महसुल तिरेको कागज मध्ये केहि कागजात सहित प्रमाणसाथ प्रवेश गर्नुभए सहज हुनेछ ।
२. मेरो छ महिने इमिग्रेन्ट भिसा सकिन लाग्यो वा सकियो, तर कोरोनाभाइरस महामारीका कारण अमेरीका प्रवेश गर्न मिलेन । अब के गर्ने ?
इमिग्रेन्ट भिसा ६ महिनाका लागि वैध रहन्छ । तर प्रयोग नहुँदै सो समयावधि सकिएमा समस्या हुन सक्दछ । इमिग्रेसन एन्ड नेशनेलीटी एक्ट (अमेरिकी कानून) को धारा १२०१ (ग)(३) का अनुसार एकै आर्थिक बर्ष भित्र भने जारी भएकै भिसा नम्बरको इमिग्रेन्ट भिसा पूनः जारी गरी बदल्न भने सकिने छ । यदि इमिग्रेन्ट भिसा पाएको व्यक्तिले आफ्नो काबु बाहिरको परिस्थितिका कारण चाहँदा चाहँदै पनि उक्त भिसा प्रयोग गर्न नपाएको भएमा, इमिग्रेन्ट भिसा पाउन निज व्यक्ति अझैपनि योग्य भएमा, र इमिग्रेन्ट भिसा आवेदनका लागि लाग्ने शुल्क पूनः तिरेमा इमिग्रेन्ट भिसा बदलेर नयाँ भिसा दिन सकिने प्रावधान छ ।
तपाइँ आफ्नो भिसा सकिएको वा सकिनलागेको चिन्तामा हुनुहुन्छ भने यथासक्य चाँडो दुतावासमा सम्पर्क गर्नुहोस, वा कानूनी सहयोग लिनुहोस ।
३. अमेरीकामा इमिग्रेन्ट भिसा पाएकाहरुलाई र नयाँ भिसा आवेदनमा पनि रोक लागेको हो ?
अमेरीकी राष्टपतिले अप्रील २३, २०२० देखि लागु हुनेगरि जारी गरेको कार्यकारी आदेश (नेपालको अध्यादेश सरह) ले इमिग्रेन्ट भिसा आवेदनमा केहि असर पारेको छ । यो आदेश जम्मा ६० दिनका लागि अस्तित्वमा रहने छ र यसले इमिग्रेन्टका रुपमा विदेशीहरुलाई अमेरीका प्रवेश गर्न स्थगन गरेको छ । तर सरकारले यसको समयावधि बढाउन पनि सक्ने छ ।
यो स्थगनले उक्त आदेश जारी गर्दाका मितिमा इमिग्रेन्ट भिसा नलिइसकेका विदेशीहरुलाई अमेरीका प्रवेशमा रोक लगाएको हो । आदेश जारी भएको मिति भन्दा पहिले इमिग्रेन्ट भिसा लिइसकेकाहरुको हकमा यो स्थगन लागु हुँदैन । साथै स्थाइ बसोबास पत्रवाहकहरु, स्वास्थ्यकर्मी, अमेरीकी नागरीक र स्थाइ बसोबास गर्नेहरुका पति वा पत्नी तथा एक्काइस बर्ष मुनीका सन्तानलाई पनि यो स्थगन लागु हुने छैन । तर स्थगन गर्ने वा नगर्ने भनि निर्णय गर्ने कानूनी अधिकार भने भिसा जारी र्ने कन्सुलरलाई दिईएको छ ।
तपाइँका केहि प्रश्न भएमा सोध्नका लागि कबलबदजभत२नmबष्।िअयm मा इमेल पठाउन सक्नुहुने छ । जवाफ दिने सक्दो प्रयास गर्ने छु ।
अधिवक्ता साधना घिमिरे : हाल कानून संकायमा विद्धावारिधि अध्ययनरत, लोयोला ल स्कूल, लस एन्जलस, क्यालीफेर्नियाँ
साभार : इनेप्लिज
क्याटेगोरी : अमेरिका
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस