गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्पले पहिलो पटक स्विकार गरे, ‘अमेरिकामा कोरोनाका कारण १ लाख वा सोभन्दा बढीको मृत्यु हुनसक्छ’ ट्रम्पले पहिलो पटक स्विकार गरे, ‘अमेरिकामा कोरोनाका कारण १ लाख वा सोभन्दा बढीको मृत्यु हुनसक्छ’ एजेन्सी चैत्र १७, २०७६ गते १२:१९ मा प्रकाशित एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेका संख्या १ लाख वा सोभन्दा बढी पनि हुनसक्ने स्विकारोक्ति गरेका छन् । उनले आइतबार पहिलो पटक सो कुरा स्विकार्दै मृतकको संख्या १ लाख वा सोभन्दा कम भए आफूहरुले राम्रै काम गरेको मान्नुपर्ने बताएका छन् ।अमेरिकाका संक्रामक रोगको उत्कृष्ट विशेषज्ञ डा. एन्थोनी फसीले सीएनएनसँग भाइरसका कारण एक लाख अमेरिकी जनताको मृत्यु हुने बताएका थिए । ट्रम्पलाई फसीको यही अनुमानबारे प्रश्न सोध्दा उनले सो कुरा स्विकारेका हुन् ।आइतबार साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले आगामी अप्रिल ३० सम्मका लागि सोसल डिस्ट्यान्सिङ नियम लम्ब्याइएको जानकारी दिए ।उनले भने, ‘हामीले कोभिड–१९ बारे कतिजनाको मृत्यु हुन्छ भन्नेबारे सटिक र प्रष्ट जानकारी पाएका छौं ।’उनले थपे, ‘यदि हामीले केही पनि गरेनौं भने यो संख्या २० लाख पुग्नेछ ।’यद्यपि, उनले ठ्याक्कै संख्या भने तोकेनन् । यसअघि फसीले अमेरिकामा कोरोना भाइरसको लाखौं संक्रमित देख्न सकिने बताएका थिए ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १०…एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा…एनआरएनए मलेसियाको कार्यालय श्रममन्त्री श्रेष्ठद्वारा उदघाटन, नेपाल र नेपालीको हितमा…एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने रकम भुक्तानी,सुवेदीकै कार्यसमिती वैधानिक धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी