Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकी वरिष्ठ अधिकारकर्मी जोसेफको शुक्रबार निधन

अमेरिकी वरिष्ठ अधिकारकर्मी जोसेफको शुक्रबार निधन


न्यूयोर्क – अमेरिकी समाजमा नागरिक अधिकारको पक्षमा जीवनभर वकालत गरेका वरिष्ठ अधिकारकर्मी जोसेफ लोवेरीको शुक्रबार निधन भएको छ । उनी ९८ वर्षका थिए ।

लोवेरीले एटलान्टास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूबीच प्राकृतिक मृत्युवरण गर्नुभएको पारिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनकी धर्मपत्नी एभिलिन गिब्सन लोवेरीको ७० वर्षको सहयात्रापछि सन् २०१३ मा मृत्यु भएको थियो ।

अमेरिकाका वरिष्ठ नागरिक अधिकार अभियन्ता लोवेरी अफ्रिकी–अमेरिकी नागरिकका अधिकारका लागि अमेरिकी अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरका अति मिल्ने साथी थिए ।

लोवेरीले ‘क्रिष्टियन लिडरसिप कन्फ्रेन्स’का संस्थापक सदस्य हुनुहुन्छ । उहाँले सोही संस्थामा रहेर मार्टिन लुथर किङ्ग जुनियरसँगै काम गरेका थिए । उक्त संस्थाले विशेष गरी अमेरिकामा श्वेत र अश्वेतहरूबीचको भेदभावविरूद्ध लामो समयसम्म अभियान चलाएको थियो ।

उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति रहेका समय अमेरिकाको शीर्ष नागरिक सम्मान ‘प्रेसिडेन्सल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए ।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस