Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाडिसीका नगर प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु

डिसीका नगर प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु


अमेरिका – वाशिंगटन डिसी महानगरका प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु भएको छ । नगर प्रमुख म्युरिएल बाउजरले “यो विनाशकारी हो,” “हामी धेरै दु:खी छौं” नगर प्रमुखले भनिन्।

नगर प्रमुख कै कानुनी कर्मचारीको मार्च २७ शुक्रबारका दिन मृत्यु भएको हो ।

वाशिंगटन डिसी मै कार्यरत जर्ज भ्यालेनटाईन नगर प्रमुखको कानूनी सल्लाहकारको कार्यालयमा काम गर्थे ।

स्व भ्यालेनटाईन दुई दशक भन्दा बढी समयदेखि डिसीका कर्मचारी थिए, बाउजरले भने। भ्यालेन्टाइन “एक अद्भुत व्यक्ति र समुदायको प्रतिबद्ध सदस्य थिए ,जसले आफ्नो कार्यकालको दुई दशक जिल्ला सरकारमा सार्वजनिक सेवामा समर्पित गरे,” महा न्यायाधिवक्ता कार्ल रेसिनले एक विज्ञप्तिमा भने।

उनले आफ्ना सहकर्मी र जिल्लामा अमिट छाप छोडे। हामी जर्जको परिवारलाई गहिरो संवेदना पठाउँदछौं र उनीहरूलाई प्रशंसनीय व्यक्तिको सम्झनामा सामेल गर्दछौं भनेका छन् ।

  • इनेप्लिज बाट

क्याटेगोरी : अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस