Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाएनआरएन कनेक्टिकटको सपथ ग्रहण तथा अमेरिकी जनगणना २०२० विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएन कनेक्टिकटको सपथ ग्रहण तथा अमेरिकी जनगणना २०२० विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • के पी भट्ट

कनेक्टिकट – एनआरएन कनेक्टिकट च्यापटरको आयोजनामा अमेरिका उतर पूर्व क्षेत्रको सपथ ग्रहण र अमेरिकी जनगणना-२०२० विषयक एक अन्तरकिर्या कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई दुई चरणमा प्रस्तुत गरिएको थियो । एनआरएनए एनसिसी अमेरीकाका वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडेको प्रमुख आतिथ्यतामा पहिलो चरण अन्तरगत उतरपूर्व क्षेत्रको सपथ ग्रहण भएको थियो । उक्त कार्यक्रमलाई उतरपूर्व क्षेत्रका सचिव एवं न्युयोर्क च्यापटरका अध्यक्ष रामहरि अधिकारीले संन्चालन गरेका थिए ।

यसक्षेत्रका उपाध्यक्ष एवं कार्यक्रमका विशेष अतिथि वि आर लामाको सभाप्तित्वमा भएको उक्त कार्यक्रममा उतर पूर्व  क्षेत्रका संयोजक संजिव जेष्ठ कार्यसमिति सदस्य धनश्याम खड्का लगायतले सथप ग्रहण गर्नुको साथै प्रमाण पत्र वितरण गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम अनआरएन कनेक्टिकट च्यापटरका अध्यक्ष हरिप्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । दोस्रो चरण अन्तर्गत अमेरिकी जनगणना-२०२० को बारेमा विभिन्न व्यतिहरुले आफ्नो धारणा राख्नुको साथै आगामी जनगणना-२०२० मा सहभागी हुन सबैमा अनुरोध गरेका थिए ।

वेस्ट हार्ड्फोर्ड टाउन रिप्रीजेन्टेटिभ अप सेन्सस २०२० को तर्फबाट क्याथ्रीन मार्क्सले अमेरिकी जनगणनाको बारेमा चर्चा गरेका थिए ।

यस कार्यक्रममा एनआरएनए एनसिसी अमेरीकाका बोड मेम्बर खेम विक्रम भट्टराई , एनआरएनए एनसिसी अमेरीकाका  युथ कोडिनेटर विनोद रुवाली, एनआरएनए एनसिसी अमेरीकाका सल्लाहाकार सन्जय थापा, सतेन्द्र शाह, न्युहेमसार च्यारटरका अध्यक्ष डम्बर कंडरिया, बोस्टन च्यापटरका अध्क्षय प्रेम लामा, न्युजर्सी च्यापटरका अध्यक्ष समर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न स्थानीय संघ संस्थाका प्रमुखले आफ्नो धारंणा राखेका थिए । नेपाली समाज कनेक्टिकटका अध्यक्ष जितेन्द्र बस्नेत, हाडफोड लायन्स क्लबका अध्यक्ष माधव आत्रेय लगायतले जनगणना २०२० मा सबै लाई सहभागी हुन अनुरोध गरेका थिए ।

स्थानीय समाजसेवीहरुको बाक्लो सहभागिताले निकै सौहार्दमय रहेको कार्यक्रमलाई यस च्यापटरका सचिव के पी भट्टले सहजीकरण  गरेेेका थिए ।

कार्यक्रमको अन्त्यमा च्यापटरको तर्फबाट अध्यक्ष हरिप्रसाद जेशीले कार्यक्रम सफलबनाऊन सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद व्यत गरेेेका थिए ।


क्याटेगोरी : अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस