Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकाले बढायो नेपालको टिपिएस अवधी ४ जनवरी २०२१

अमेरिकाले बढायो नेपालको टिपिएस अवधी ४ जनवरी २०२१


न्यूयोर्क, डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टेम्पोररी प्रोटेक्टिड स्टाटस (टिपिएस) को म्याद आगामी ४ जनवरी २०२१ सम्म बढाएको छ ।

युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसेजको वेवसाईटमा शुक्रबार प्रकाशित सुचनामा नेपालसहित ६ वटा देशको टिपिएस अवधि बढाएको हो । टिपिएस बढाईएका देशमा एल साल्भाडोर, हैटी, निकारागुवा, सुडान, होण्डुरस र नेपाल छन् ।

यसअघि एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टिपिएस अविधि २ जनवरी २०२० मा समाप्त हुने थियो । यसैगरी, होण्डुरसको ५ जनवरी २०२० र २४ नेपालको मार्च २०२० मा टिपिएस समाप्त हुने थियो ।

टिपिएस समयावधी बढाईएका देशको मुद्दा अहिले संघिय अदालतका बिचारधीन छ । उत्तरी क्यालिफोनिर्याको जिल्ला अदालतको प्रारम्भिक निर्णयको आधारमा डिएचएसले टिपिएसको अवधि बढाउदै लगेको हो ।

हाल अमेरिकी अदालतमा टिपिएस सम्वन्धि तीन मुद्दा विचाराधिन छन् । ति मुद्दाहरु नेल्सनबिरुद्ध रामोश, नेल्सनबिरुद्ध भट्टराई र सागेटबिरुद्ध ट्रम्प छन् ।

एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानले दायर गरेको नेल्सनविरुद्ध रामोशमुद्दाकै फैसला अनुसार हुने गरी नेपाल र होण्डुरसको मुद्दा पनि अहिले बिचाराधीन छ ।

युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसेजले शुक्रबार एक सुचना प्रकाशित गर्दै टिपिएसको बढाईएको अवधीमा पहिलेकै रोजगार अनुमति पत्र मान्य हुने जनाएको छ ।

युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसेजले पुर्नदर्ता वा अन्य कुराका विषयमा पछि सुचना प्रकाशित गरिने जनाएको छ ।

टिपिएसको थप अवधिमा अदालतमा बिचाराधीन मुद्दामाथि निर्णयभएमा पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टिपिएसवाहकलाई अमेरिका छाडन थप समय दिनेछ ।

मुद्दाको फैसला अनुसार, सुडान र निकारागुवाका नागरिकालाई अमेरिका छाडन कम्तिमा एकसय २० दिन र एल साल्भाडोरका नागरिकले कम्तिमा एक वर्षभन्दा बढी समय पाउने छन् । अन्य देशको हकमा यस्तै अवधि दिईने छ । तर, यसबारेमा सुचनामा स्पस्ट पारिएको छैन ।

अमेरिकी संघिय सुचना निकाय फेडरल रजिस्टारको वेवसाईटमा यस सम्वन्धि सुचना अहिले उपलव्ध छैन । फेडरल रजिस्टारमा यस सम्वन्धि सुचना नोभेम्बर ४ मा प्रकासित गरिने उल्लेखछ । यादवराज जोशी/ईनेप्लिज

 


क्याटेगोरी : अमेरिका
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस