अमेरिकाको क्यालिफोर्नियामा भीषण आगलागी, ५ सय घर जलेर नष्ट, संकटकालको घोषणा
एजेन्सी, अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् ।
क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजारएकड बढी क्षेत्रमा फैलिएको छ । यो आगो सोमबार लस एन्जेलिसभन्दा लगभग ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटामा लागेको थियो ।
नेवसोमले भने, ‘म राज्यको संविधानअनुसार प्राप्त अधिकारको उपयोग गर्दै लस एन्जिल्स तथा सोनोमा क्षेत्रमा आगलागीको खतरालाई मध्यनजर गर्दै संकटकालको घोषणा गर्छु ।’ अहिलेसम्म पाँच सय घर जलिसकेका छन् । थुप्रै क्षतीग्रस्त भइसकेका छन् ।
सेन्टा पाउला निवासी महिलाको जलेका कारण मृत्युः
यसअघि शुक्रबार सेन्टा पाउला निवासी महिला भर्जिनिया पेसोला (७०) को मृत्यु भएको जानकारी अधिकारीले दिएका थिए । आगलागीका कारण भएको यो पहिलो मृत्यु हो । सावधानीको रुपमा दमकल विभागले ५० हजारलाई घर खाली गर्न आदेश दिएको छ ।
तबेलाभित्रै धेरै घोडाको मृत्युः
यसअघि बिहिबार अबेर राती सेन डियागोको तबेलामा आगो फैलिएका कारण थुप्रै घोडाको निस्सास्सिएर मृत्यु भएको छ जबकी केही घोडालाई समय अगावै बचाउन सकिएको छ । आगो निभाउनका लागि हजार बढी कर्मचारी, पाँच सय दमकल, एयर ट्याङ्कर र हेलिकोप्टरको मद्दत लिइँदैछ ।
आइतबार बढ्न सक्छ हावाको गतीः
नेशनल वेदर सर्भिसको पूर्वानुमान अनुसार आइतबारसम्म हावाको गती तीब्र हुनसक्छ । यसअघि उत्तरी क्लालिफोर्नियाको वाइन कन्ट्रीमा पनि बुधबार जंगली झाडीमा आगो सल्किएको थियो । पछि यो आगो १६ हजार एकडमा फैलिएको थियो जसका कारण दुई हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो ।
क्याटेगोरी : अमेरिका
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस