Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ९० हजार ४ सय २८ जना संक्रमित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ९० हजार ४ सय २८ जना संक्रमित


अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ९० हजार ४ सय २८ जना संक्रमित भएका छन् ।

यसै गरि बिगत २४ घन्टामा ४७३ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक अगस्त ३१ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा १० ५ घटेको छ भने अहिले सम्म कूल ९ करोड ४१ लाख ८७ हजार १ सय ५० जना संक्रमित भएका छन् । हाल अस्पतालमा ३७ हजार ७ सय ७० जना भर्ना भएका छन् । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ५ सय २३ जना भर्ना भएका छन् भने ८ ५ भर्ना दर घटेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख ४० हजार ७ सय ६४ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । मृत्यु दर १ प्रतिसत बढेको छ ।

अमेरिकामा हाल सम्म २२ करोड ३९ लाख १४ हजार ७ सय २३ पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिकाले ७७।३ ५ पूर्ण खोप लगाएका छन ।

कम्तिमा १ खोप लगाउनेको संख्या २६ करोड २६ लाख ४३ हजार २ सय पुगेको छ

प्रथम अभिवर्धक खुराक (बुस्टर डोज) लगाउनेको संख्या १० करोड ८५ लाख ४० हजार ८ सय २२ पुगेको छ । यसै गरि ५० बर्ष भन्दा माथिकाले दोश्रो अभिवर्धक खुराक(खोप)२ करोड १७ लाख ७२ हजारले लगाई सकेका छन् ।

 


क्याटेगोरी : अमेरिका
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस