गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मिसिगनमा ३ बर्षिय छोराको शव हिमीकरण यंत्रमा फेला परे पछि हत्या गरेको आरोपहरु सहित आमा पक्राउ मिसिगनमा ३ बर्षिय छोराको शव हिमीकरण यंत्रमा फेला परे पछि हत्या गरेको आरोपहरु सहित आमा पक्राउ दीप संञ्चार असार १३, २०७९ गते १९:५६ मा प्रकाशित अमेरिकाको मिसिगन राज्यको डेट्रोइट शहरमा एक ३ बर्षिय छोराको शव हिमीकरण यंत्र(फ्रिजर)मा फेला परे पछि प्रहरीले हत्या गरेको आरोपहरु सहित आमालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई अभियोग सहित कारागार चलन गरेको छ ।डेट्रोइट प्रहरी विभागले महिलाको छिडी (बेसमेन्ट)मा रहेको हिमीकरण यंत्र(फ्रिजर)मा बालकको कुहिएको शव फेला पारेको जनाएको छ ।३१ वर्षीया महिलालाई प्रथम श्रेणीको हत्या, बाल दुर्व्यवहार र यातना र एक व्यक्तिको मृत्यु लुकाउने अभियोग लगाइएको वेन काउन्टीका अभियोजक किम वर्थीले आइतबार भने।“यस मुद्दामा कथित तथ्यहरूले गम्भीर रूपमा सबैलाई स्तब्ध र चकित पारेको छ,” वर्थीले भने। बन्दुकको हिंसाबाट मात्र होइन उनीहरूसँगै घरमा बस्ने कथित हत्याराबाट पनि हाम्रा बच्चाहरू जोखिममा छन ,उनले थपे ।डेट्रोइटका प्रहरी अधिकारीहरू र बाल सुरक्षा सेवाका सदस्यहरूले गत शुक्रबार बिहान घरमा कल्याणकारी जाँच गर्दा जब उनीहरूले बालकको शव फेला पारे, प्रहरी प्रमुख जेम्स ह्वाइटले भने।बालकको मृत्यु कसरी वा कहिले भयो वा उनको शव हिमीकरण कति समयदेखि थियो भन्ने कुरा तत्काल खुल्न सकेको छैन भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।प्रहरीका अनुसार पाँच अन्य बच्चाहरू घरमा बस्थे, ह्वाइटले भने। उनीहरूलाई बाल सुरक्षा सेवाको संरक्षणमा राखिएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #आमा पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट