Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ७ सय संक्रमित ,३१३ जनाको मृत्यु

अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ७ सय संक्रमित ,३१३ जनाको मृत्यु


अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ७ सय ७५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३१३ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुन २० का दिनका दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा कुनै वृद्धि भएको छैन भने अहिले सम्म कूल ८ करोड ६१ लाख २७ हजार ७० जना संक्रमित भएका छन् । हाल अस्पतालमा ३० हजार २ सय १० जना भर्ना भएका छन् । अस्पताल भर्ना दर५ ५ वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ३ हजार ३ सय ८० जना भर्ना भएका छन् भने १० ५ भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख ९ हजार ८ सय ९३ जना मानिसको कोभिड(१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड १९ लाख २४ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६।८ ५ र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.३ ५ पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ४७ लाख ४६ हजार १८ सय १ सय ३८ जनाले लिई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ९१ लाख ९८ हजार पुगेको छ ।

अमेरिकाको ५० वटै राज्यहरु कोभिड-१९ बाट सबै भन्दा ज्यादा क्यालिफोर्नियामा ८२ जना ,वाशिंगटन राज्यमा २४ ,टेक्ससमा १४ ,टेनेसीमा २५ जना ,कोलोराडोमा १७ जना ,न्यूयोर्कमा १६ जना सहित विभिन्न राज्यहरुमा बिभिन्न संख्यामा मृत्यु भएको तथ्यांक छ ।


क्याटेगोरी : अमेरिका
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस