Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु

अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु


अमेरिकाको अलाबामाको गिर्जाघर(चर्च)मा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

अलाबामाको भेस्टाभिया हिल्सको एउटा गिर्जाघर भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

अलाबामाको भेस्टाभिया हिल्सस्थित सेन्ट स्टीफन्स एपिस्कोपल गिर्जाघर ९चर्च०मा गत बिहीबार साँझ बन्दुकधारीले गोली चलाउदा दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको वेस्टाभिया हिल्स प्रहरी विभागले जनाएको छ।

बेलुका ६ः२२ बजेतिर घटनाबारे प्रहरीलाई सचेत गराइएको थियो।

प्रहरी प्रमुख शेनवेयरले पत्रकार भेलामा एकल संदिग्ध गिर्जाघरको बैठकमा प्रवेश गरे र गोली चलाउन थालेको उनले बताए ।

उनले अर्को पत्रकार सम्मेलन शुक्रबार बिहान हुने बताए । गोली प्रहार गर्ने संदिग्ध प्रहरी हिरासतमा छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।


क्याटेगोरी : अमेरिका
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस