Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ सय ८२ जना संक्रमित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ सय ८२ जना संक्रमित


अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ सय ८२ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा २६७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुन ६ का दिनका दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दर ७ ५ घटेको छ भने अहिले सम्म कूल ८ करोड ४६ लाख ७८ हजार ३ सय ५० जना संक्रमित भएका छन् । हाल अस्पतालमा २८ हजार ९ सय ७० जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १६ ५ वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष९आइसियु०मा ३ हजार ८० जना भर्ना भएका छन् भने १४ ५ भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख ५ हजार १ सय ५३ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड १४ लाख ९२ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.६ ५ र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.२ ५ पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ३८ लाख ६७ हजार ८ सय १८ जनाले लिई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ८७ लाख ७९ हजार पुगेको छ ।


क्याटेगोरी : अमेरिका
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस